Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

दुई वर्षमा सरकारी उद्योगबाट फलाम उत्पादन हुन्छ:उद्योगमन्त्री भट्ट

Wednesday, February 5, 2020 National Power

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् । नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाई नगर्न निर्देशन पनि दिए ।

फलाम उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब विनियोजन गरिगरेको छ । एक वर्षभित्रै व्यावसायिक उत्पादन गर्ने दाबी गरिएको खानी उत्खनन र उद्योग स्थापनार्थ बजेटको कुनै कमी हुन नदिने अर्थमन्त्रालयले यस अघिनै प्रतिबद्ध जनाई सकेको छ ।

खानी तथा भूगर्व विभागको प्रारम्भिक अध्ययन अनुसार हुप्सेकोट ५ को ४ स्थानमा १० करोड टन फलामको कच्चा पदार्थ रहेको अनुमान गरिएको छ । उक्त खानीबाट ४० प्रतिशत स्पोन्ज फलाम उत्पादन भएमा ४ करोड टन फलाम उत्पादन हुने मन्त्रालयको विश्वास छ ।