Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काभ्रे क्याम्पसको लापरबाहि ; राष्ट्रिय परीक्षा बोर्ड

Monday, February 3, 2020 National Power

 

बनेपा – काभ्रे क्याम्पसमा भएको लापरबाहिको विषयमा यस अगाडि नै हामीले व्याख्या गरि सकेका छौ । यस विषयलाई लिएर अनेरास्ववियु काभ्रेको टोलि विद्यार्थीसँगै विद्यार्थीको प्रतिनिधित्व गर्दै परीक्षा नियन्त्रण कार्यलयसम्म पुगेका छन् । यस विषयमा छलफल गर्दा कार्यलयका पदाधिकारीले यस विषयमा काभ्रे क्याम्पसले राष्ट्रिय परीक्षा बोर्डको करीकुलमलाई नमानेको र रासायनिक विज्ञान र भौतिक विज्ञान अनिवार्य विषय भएता पनि नराखेको कारण गर्दा ११ र १२ मा कम्प्युटर ईन्जीनियरिङ गरेता पनि स्नातक तह भने ईन्जीनियरिङ गर्न नमिल्ने स्रोतले बतायो ।

विद्यार्थीहरुले यस कुरालाई मनन गरेर काभ्रे क्याम्पस विरुद्ध ठगीको मुद्दा हाल्न तिर अगाडि बढेका छन् । आफ्नो सुनौलो भविष्य खोजेर अगाडि बढेका विद्यार्थी, काभ्रे जिल्लाकै एउटा उतकृष्ट क्याम्पसबाट भएको लापरबाहिले भविष्यलाई कालो धब्बा पार्ने हो कि भन्ने डरमा देखिन्छन् ।
क्याम्पस प्रशासनले भने आफुले माथिबाट आएको निर्देषण अनुरुप पढाएको कुरालाई प्रकाश पारेका छन् तर क्याम्पसले विद्यार्थीको भविष्य नै अन्योलमा पार्ने गतिविधि गर्दा विद्यार्थीहरु क्याम्पसले गरेको कुरा स्वीकार्न आवस्यक ठान्दैनन् । यतिबेला विद्यार्थीलाई मात्रै नभएर विद्यार्थीको अविभावकलाई पनि आफ्ना छोरा कम्प्युटर ईन्जीनियर भएको हेर्ने सपना तुहिएको कुरा बताउछन् ।

काभ्रे क्याम्पसले अब विकल्पको रुपमा विज्ञान संकाय या व्यवस्थापन संकाय लिन भनेता पनि धेरै विद्यार्थी आफ्ना कम ग्रेडिङका कारण विज्ञान संकायमा जान सक्दैनन् र व्यवस्थापन संकाय उनीहरुको ईच्छामा नै पर्दैन ।

क्याम्पसमा आज सोमबार विद्यार्थीहरुले आफ्ना अविभावकलाई बोलाएर शिक्षकसँग यस समस्याको विषयमा कुरा राख्न खोज्दा क्याम्पस प्रमुख के।जी। बैदारले आफु बिरामी भएको बताउदै मोबाईल अफ गरेका छन् । क्याम्पसका सहायक प्रमुखले आफु यस विषयमा कुनै पनि जानकार नभएको काचो उत्तर दिएका थिए ।

क्याम्पसका कोअर्डिनेटर श्रीराम श्रेष्ठ अविभावकले गरेको फोनलाई बेवास्ता गर्दै आफु वेस्त भएको यस विषयमा हामीले बोर्ड बैठक पछि मात्रै निर्णय भन्ने गैरजिम्मेवार उत्तर दिएका छन् ।अविभावकले भने यस विषयलाई छोडेर हामी टाढा नभाग्ने भोलि पनि सबै अविभावक भेला भई क्याम्पसको जिम्मेवार व्यक्तिसँग कुरा गर्ने अभिव्यक्ति जनाएका छन ।