काभ्रे – बनेपा ज्योति फिल्मसको प्रस्तुतिमा सन्जिव जि.एमको र मुस्कान जि.एमको तिमी लाई माया गर्छु बोलको गित सार्वजनिक भएको छ ।
तिमी लाई माया गर्छु बोलको गितमा मुस्कान जि.एम र राधिका हमाल पुनको आवाजमा गित बजारमा आएको छ । गितमा लय सन्त कुमार घर्ती मगरको रहेको छ भने शब्द सन्जिव जिएमको रहेको छ । गितमा एरेन्ज भने रामु बिरहिको छ ।
ज्योति फिल्मस प्रा.लिले गितलाइ बजारमा ल्याएको छ भने गितको भिडियो निर्देशन निरेन श्रेष्ठले गर्नु भएको छ । यसैगरी गितको छायांकन जनकराज अधिकारीले गर्नु भएको छ ।
अमोन रानाले कोरियोग्राफी गर्नु भएको गितको श्रगार भने अन्जना लामिछानेले गर्नु भएको छ । यसैगरी गितको सम्पादन भने रोशन धितालको रहेको छ । गितमा अभिनय भने रन्जिता तामाङ र आरुषी मगरको रहेको छ ।