Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै

Wednesday, January 15, 2020 National Power

काठमाडौ – आज माघे संक्रान्ति, परम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथ मनाइँदै छ । देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य९मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजकै दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रिष्म ऋतु बढ्दै जाने मान्यता पनि रहिआएको छ । माघे संक्रान्तिमा सबेरै उठेर नुहाईधुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ । माघे संक्रान्ति थारु र मगर समुदायको मुख्य चाँड हो । थारु र मगर समुदायले माघे संक्रान्तिलाई माघी पर्वको नामले मनाउने गरेका छन् ।

पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा थारु समुदायले धुमधामका साथ माघी मनाइरहेको छन् । उता मगर समुदायको बाहुल्य क्षेत्रमा पनि माघीले छुट्टै रौनक थपेको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा आजको दिनलाई ‘नरहरी’ पर्वको नामले धुमधामसाथ मनाइन्छ । आजको दिन बिहानै कागलाई चामलबाट बनेको विशेष रोटी ‘झुनमुने’ खुवाएर नुहाइधुवाइ गरी मनाइन्छ ।

यसैबीच, माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरुले शुभकामना समेत दिएका छन् ।