Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

५ महिनामा चीनबाट आयो १० लाख किलो प्याज

Thursday, January 9, 2020 National Power

काठमाडौं –  भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली व्यवसायीहरुले चीनबाट आयात बढाएका छन् । चालु आर्थिक वर्षको ५ महिनामा चीनबाट मात्रै १० लाख किलो सुकेको प्याज आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २८२ किलो सुकेको प्याज आयात भएको थियो । जसमध्ये १० लाख ६५ हजार ९१ किलो प्याज चीनबाट नेपाल भित्रिएको हो भने ७ लाख ७० हजार १९१ किलो प्याज भारतबाट ।

चीनबाट प्याज किन्न पाँच महिनामा नेपालले ८ करोड २१ लाख खर्च गरेको छ । भारतबाट ३ करोड ५० लाखको मात्र प्याज किनेको छ । कालिमाटी तरकारी बजार समितिले मंगलबारका लागि भारतीय सुकेको प्याजको प्रतिकिलो मूल्य थोकमा १२८ रुपैयाँ अधिकतम् तोकेको थियो । तर खुद्रामा भारतीय प्याजको प्रतिकिलो मूल्य समितिले नै १५५ रुपैयाँ प्रतिकिलो तोकेको थियो । जबकि भारतीय प्याजको भन्सार मूल्य औसत ४५ रुपैयाँ ५५ पैसा मात्रै रहेको भन्सारको विवरणबाट देखिन्छ ।

भारतीय प्याजमा भन्सार बिन्दुमा तोकिएको बिजक र बजारको मूल्यमा तीन तिहाइ बढी मूल्यअन्तर देखिन्छ । यस्तै चिनियाँ प्याज भन्सार बिन्दुमा व्यावसायीले उल्लेख गरेअनुसार ७७ रुपैयाँ ११ पैसा प्रतिकिलो छ । तर कालिमाटी तरकारी बजारले चिनियाँ सुकेको प्याजको ९८ रुपैयाँ थोक र १२५ रुपैयाँ खुद्रा मूल्य तोकेको छ । यसका अलावा उपभोक्तासम्म पुग्ने प्याजको मूल्य अझ धेरै छ । औसतमा प्याजको भन्सार बीजक र बजार मूल्यमा भारी अन्तर देखिन पुगेको छ ।