Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

ट्रम्पले भने– इराकमा मानवीय क्षति भएको छैन, आक्रमणले इरान तल पर्‍यो

Thursday, January 9, 2020 National Power

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रामणबाट मानवीय क्षति नभएको दाबी गरेका छन् । साथै उनले इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको टिप्पणी पनि गरेका छन् । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जसमा ८० अमेरिकी सैनिक मारिएको दाबी इरानको थियो ।

तर, ट्रम्पले इरानले गरेको दाबीको खण्डन गर्दै घटनामा कुनै पनि मानवीय क्षति नभएको बताएका छन् । ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानवीय क्षति नभएको दाबी गरेका हुन् । ट्रम्पले अमेरिकी सेनालाई आवास दिइरहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर इरान तल परेको टिप्पणीसमेत गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्यान गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’