Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

के तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

Tuesday, January 7, 2020 National Power

यदि तपाईं पनि छिट्टो-छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो-छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । भर्खर मात्र भएको एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो-छिट्टो खाना खानाले तपाइर्ंको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पुर्‍याउँछ ।

हिरोसिमा विश्वविद्यालयका शोधकर्ता डा.ताकायुकी यामाजी र उनको समूहले एक हजार सहभागिहरुमा ६ वर्षसम्म अध्ययन गरे । त्यो अध्ययनको प्रमुख उद्देश्य भनेको खाना खाने गति र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्धहरु खोज्नु थियो । मेटाबोलिक सिन्ड्रोम त्यस्ता ६ वटा जोखिम कारकहरुको समायोजन हो, जसले मुटु सम्बन्धी रोग, मधुमेह र मस्तिस्कघात वा हृदयघातको खतरा बढ्छ । ती जोखिमहरुमा उच्च रक्तचाप, रगतमा बोसो समावेश हुनु, रगतमा चिनीको मात्रा उच्च हुनु समावेश छन् ।

विशेषज्ञहरुका अनुसार खाना खानका लागि २० मिनेटको समय छुट्याउनुपर्छ । जसले तपाईंं आफ्नो खाना राम्रोसँग चपाएर खान सक्नुहुन्छ । खाना खानालाई धेरै समयसम्म चपाउनाले तपाईंं कम खाना खानुको साथै २ घण्टापछि केही हल्का खाने बानी पनि नियन्त्रण हुन्छ । बर्मिघम विश्वविद्यालयका शोधकर्ताहरुले पनि यो कुरालाई पुष्टि गरेका छन् ।