Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

विराजको ‘साङ्लो’को एक्सनप्रधान ट्रेलर रिलिज

Saturday, January 4, 2020 National Power

नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सनप्रधान ट्रेलर रिलिज गरिएको हो । चलचित्रमा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ । मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।

यो चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रको ट्रेलरमा नायक विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । विराजको एक्सनले विशेषगरि, उनका फ्यानहरुलाई खुशी बनाउन सक्छ । एक्सन निर्देशक श्री श्रेष्ठको एक्सन कोरियोग्राफी उत्कृष्ट छ । निकिता चण्डक चलचित्रको ट्रेलरमा सो–पिस देखिएकी छिन् । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।