Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मोडेल रोशन के.सी. ठूलो पर्दामा र डेब्यु गर्दै ।

Friday, January 3, 2020 National Power

भनिन्छ राष्ट्रियता र संस्कृति विदेशी भुमिमा प्यारो लाग्छ, नेपालको भुमी मिचिँदा विदेशमा ऱ्याली, नेपाली चाड पर्व आउँदा विदेशमा रन्को , अझ भनौ भने नेपाली कलाकार विदेशमा व्यस्त ।
नेपाली कला र संस्कृतिलाई आत्मसात गर्ने प्रबासमा रहेका उनै कलाकार हुन रोशन केसि । सानै देखि नृत्य र अभिनयमा पोख्त केसि आफ्नो मोडलिङ करियरलाई क्यानडामा निरन्तरता दिइरहेका छन भने पछिल्लो समय व्यस्त बन्दै गइरहेका छन् । क्यानडामै उनले करिव दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन् । पछिल्लो समय अन्जु पन्तको आवाजमा रहेको चोरी चोरी हेरेपनि भन्ने गितमा रोशन के.सी. र स्विकृति खड्काले अभिनय गरेका हुन । यसका साथै शिव परियार, देबिका केसि ,राजेशपायल राई, दीपक लिम्वु,लगायत अन्य गायक गायीकाका गितहरुमा रोशनले मोडलिड गरिसकेका छन् ।


नेपालीको बढ्दो आप्रबासनले क्यानडामा हुने सांस्कृति कार्यक्रम, मेला, महोत्सबको दायरा फराकिलो बन्दै गएको छ। त्यसैले क्यानडामा हुने धेरै जसो कार्यक्रममा रोशनको पर्फरमेन्स रहेको हुन्छ ।
मोडलिड र स्टेज शो मात्र होइन उनले क्यानडामा रहेका नेपाली बालबालिका लाई लक्षित गरि नृत्य कक्षा पनि संचालन गरिरहेका छन् । हरेक शनिवार संचालन हुने नृत्य कक्षामा नेपाली विद्यार्थीहरुले नृत्य सिकिरहेका छन् । एभरेष्ट कला यात्रा मार्फत क्यानडाको ब्राम्टनमा संचालित कक्षामा रोशन र स्वीकृतिले प्रशिक्षण दिइरहेका छन् ।
“क्यानडामा दोस्रो पुस्तालाई नेपाली संस्कृति सिकाउन पाउदा खुसी लागेको छ” रोशन थप्छन “हाम्रो संस्कृतिलाई जिवन्त राख्न प्रबासमा यो आवस्यक छ” ।  त्यसो त रोशनलाई ठुलो पर्दाका लागी अफर नआएको होइन । “क्यानडामा रहेका कारण समय व्यावस्थापनमा कठिन भयो” । रोशनले भने “अब भने ठुलो पर्दाको तयारीमा छु” ।  रंगमंच बाट आफ्नो करियर शुरु गरेका केसीले सडक नाटक, टेलि सिरियल, हास्य टेलिश्रृंखला हिजो आजका कुरामा समेत अभिनय गरिसकेका छन् । अब भने सबै तह बाट ठूलो पर्दाको लागि तयार रहेका केसि हरेक दिन फाइट तथा जिममा कडा मेहनत गरिरहेका छन।
अमेरिकामा स्थापित ग्लोवल फिल्म अवार्ड प्राप्त गरेका रोशनले एन आर एन क्यानडा लगायत अटोवा, एडमन्टन, क्यालगारी, टोरोन्टोका नेपाली समुदाय एवं संस्थाबाट सम्मान प्राप्त गरेका छन् ।