Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सर्जकको भिडमा सुनिल

Friday, January 3, 2020 National Power

नेपाली संगीतलाई माया गर्ने सर्जकको भिडमा सुनिल लामा पनि अरु भन्दा कम छैनन् । गायन, संगीत, रचना र वजार व्यवस्थापनमा समेत काम गरेर संगीतप्रतिको आफ्नो लगाब प्रमाणित गरेका सुनिलले नेपाली संगीतमा २ दशक बिताईसकेका छन् । यो अवधिमा कहिले गायक , कहिले संगीतकार त कहिले गीतकार बनेर पनि प्रस्तुत भए । चार भाषामा दख्खल राख्ने सुनिल घरमा तामांग, साथीसंगीसंग नेपाली , जर्मनीमा रहदा जर्मन भाषा र यदाकदा मित्रराष्ट्र भारतका मित्रहरुसंग हिन्दीभाषामा पनि गफिन पछि पर्दैनन । जहॉ जे बोले पनि तामांग भाषा उनको सर्वप्रिय रहदै आएको छ । यो उनको मातृभाषा पनि हो ।आफ्नो पन र संस्कार प्रिय लाग्छ उनलाई ।

अझ बिदेशमा रहदा त उनको मन र भावना मातृभाषा प्रति उर्लेर आउछ । बाटोमा कुनै तामांग भाषी मित्र भेटे त भुईमा खुट्टै नभएको अनुभूती हुन्छ उनलाई । आफ्नै भाषामा गफिन थाल्छन् तर अपसोच भेटिने मित्रले उहिल्यै तामांग भाषा पोलेर खाईसकेका हुन्छन् ।भाषा नै नबुझे पछि उनी उसैले बुझ्ने भाषा बोल्न बाध्य हुन्छन् ।यो प्रसंगबाट उनको भाषा प्रेम स्पष्ट हुन्छ। रहन(सहन र रितीरिवाज पनि आफ्नैमा रम्नु पर्ने उनको बिचार छ ।

बिदेशमा लामो समय बसे पनि नेपाल र नेपाली को उत्थानमा सधै क्रियाशील रहदै आएका सुनिल राजनितीमा पनि राम्रै क्रियाशील छन् । नेपाली काग्रेसको जिल्ला राजनितीमा क्रियाशील उनी राजनिती पेशा हुन नहुने बिचार राख्छन् । विशुद्ध समाजसेवाको रुपमा राजनितीमा होमिएका उनी कांग्रेस जिल्ला समितिको सदस्यको रुपमा क्रियाशील छन् । काभ्रेका अगुवा कार्यकर्तामा यिनको पनि नाम आउछ । कोमल मन र परोपकारी चिन्तन बोकेका सुनिल आफ्नो क्षेत्रमा सबैको प्रिय पनि छन् ।प्रौढहरुलाई सम्मान युवाहरुलाई प्रोत्साहन र सानाहरुलाई माया दिएर हरदम उत्साहित बनाउनु पर्ने उनको सोच छ ।

समाज र राजनिती राम्ररी बुझेका सुनिलको मुल पाटों भने संगीत कर्म नै हो । उनलाई राम्रो गायकको रुपमा सबैले चिन्दै पनि आएका छन् । दुई दशकदेखि नै संगीतमा क्रियाशील सुनिलले नेपाली र तामांग गीत बराबरी नै गाएका छन् । एल्बम पनि आधा दर्जन छन् उनका । नेपाली भाषामा बिन्ती बिसाउछु र चाहना नामक एल्बम र तामांग भाषामा मेन्दोला फोले, चरिला कमाई लगायतका एल्बम प्रकाशित छन् । गायन शैली उनको मौलिक छ ।

काभ्रेको दुर्गम गाउमा जन्मिएका उनी अहिले त्यहि ठाउ सोचेभन्दा सुगम भएकाले दंग छन् । पितापुर्खाहरुसंग हिडेरै शहर ओहरदोहर गरेका उनी अहिले आफ्नै गाडीमा सरर गाउ जान पाउदा स्वर्ग पुगेको अनुभूति गर्छन् । गाउमा बाख्रा चराएर मेलापात गरेको सम्झना उनलाई अझै छ । गाउघरको सागीतिक जमघटकै प्रभाबले आफु गायनमा आएको बताउने उनी बि।सं।२०४८ सालमा १३ वर्षको उमेरमा काठमाडौ आएका थिए । संगीतमै रम्ने सोचले साधना कला केन्द्रमा पुगेर प्रकाश गुरुंग र मिलन मोक्तानसंग १ वर्ष सम्म सागीतिक शिक्षा लिएका थिए । त्यहि शिक्षाले उनी आज गायक बनेर चिनिन सफल भएका छन्।

संगीतमा उनी नातीकाजीको प्रतिभा र सिपसित प्रेरित र प्रभावित छन् । उनका प्रिय संगीतकर्मीमा नातीकाजी नै पर्दछन् । आफ्नो पहिलो एल्बम बिन्ती बिसाउछु नातीकाजीकै हातबाट बिमोचन गराएर सागीतिक बजारमा निक्कै हल्ला खल्ला गराउन सफल सुनिल अभिनयमा पनि रुची राख्छन् । बिभिन्न म्युजिक भिडियो र मोलम नामक तामांग भाषाको फिल्ममा नायक पनि बनेका छन् ।

संगीतमा क्रियाशील रहदारहदै यिनले संगीतकै व्यबसाय पनि प्रारम्भ गर्न पुगेका थिए । सरस्वती म्युजिक नामक संस्था नै खोलेर संगीतको व्यबसायमा रमाएका सुनिलले यों संस्था मार्फत पनि निकै राम्रा काम गरेर प्रतिभा उत्थानमा हात हालेका थिए ।एल्बम नै निकाल्न नसक्ने थुप्रै प्रतिभाहरुको गीत रेकर्ड गराईदिएर बजार व्यवस्थापनमा काम गरिदिएका थिए ।

नेपाली र तामांग भाषाका दर्जनौ एल्बम बजारमा ल्याएका यिनले संगीतकै प्रचार प्रसार गर्ने सोचले टिभी कार्यक्रम पनि संचालनमा ल्याएका थिए ।मेन्दोला फोले नाममाबाँट निकै लामो समय कार्यक्रम टिभीमा चल्यो । टिभीको राम्रो सागीतिक कार्यक्रममा गन्तीमा पनि आयो । तर परिवर्तित सागीतिक परिवेशले संगीत क्षेत्रमा नै परिवर्तन ल्याईदियो तसर्थ यिनको कार्यक्रम पनि अरुको जस्तै बन्द भयो । राम्रो भिजेको रुपमा पनि यिनी स्थापित भैसकेका थिए। आफ्नो टिभी कार्यक्रमलाई अब छिट्टै युट्युभबाट नियमित गर्ने सोचमा पनि उनी देखिन्छ ।

लोक , आधुनिक गीत गाउदै आएका छन् । नेपाली र तामांग भाषामा बराबर नै गाएका छन् । तामांग समुदाय बिच लोकप्रिय पनि छन् । उनका नेपाली गीतहरुमा चाहनाले हिमाल चढ्यो, किनारमा जुनतारा, वनकी रानी, तिमी र म , ढक्कमक्क लाली, आम्मैले हो आम्मैले लोकप्रिय छन् ।अब संगीत सुनिलको नशा भैसकेको छ । यसमै जीवन समर्पण गर्ने चाहना यिनको छ । समय समयमा नयॉ गीत ल्याई नै रहेका छन् । अब केहि दिनमा नयॉ गीत सार्वजनिक गर्ने सोचमा पनि छन् ।

गीत संगीतको अलबा यिनी व्यवसायिक काममा पनि संक्रिय छन् । सुशी टवान्टी फ़ोर आवर्स प्राली नामक कम्पनीबाट आफ्नो कारोवार गर्दै आएका छन् । जापानिज खाद्य पदार्थको नेपालमा व्यवसायिक प्रवर्धन गर्दै आएका छन् ।सुशी र किम्ची को उनको कारोवार लोकप्रिय पनि बन्दै छ । जापान र कोरिया बसेर आउने नेपालीहरु र यहि बस्ने धेरै नेपालीहरुको रुची यसमा देखिन थालेको छ । सुनिलको कम्पनीले आफ्ना सबै परिकार देशका बिभिन्न सुपरस्टोर र प्रमुख पसलहरुमा पुर्याई नै रहेको छ । यसको अलबा अनलाईन सपिंग सेवा पनि दिई नै रहेको छ ।

आफ्नो व्यवसायिक काम र संगीतकर्म दुबैतिर उत्तिकै रमाईरहेका सुनिल हिजोआज बिभिन्न इभेन्टहरु पनि संक्रिय छन् । कतै जज बसेका देखिन्छन् त कतै प्रायोजकको रुपमा भेटिन्छन् ।जे जस्तो भए पनि यिनको नशामा भने संगीतकै रंक्तसंचार छ ।