Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नयाँ वर्ष मनाउन अस्ट्रेलियाबाट नेपाल यात्रा

Wednesday, January 1, 2020 National Power

सिड्नी / अंग्रेजी नया वर्ष रमाइलो र अर्थपूर्ण रुपमा नेपालमा मनाउन सयौं अस्ट्रेलियन पर्यटक नेपाल पुगेका छन् । उनीहरु मध्ये धेरै नेपाली मुलका अस्ट्रेलियन पर्यटक छन् । नयाँ वर्ष २०२० को जनवरी १ को अस्ट्रेलियन समय (सिड्नीरक्यानबेरा) अनुसार बिहान नौ बजेसम्म  अस्ट्रेलिया संस्करणको सम्पर्कमा आएका केही अस्ट्रेलियन पर्यटकहरुले आफ्नो नेपाल बसाइँ कसरी महत्वपूर्ण बनाउँदै छन् भन्ने योजना सुनाए ।

जनवरी १ मा उद्घाटन हुने भिजिट नेपाल २०२० को कार्यक्रममा सहभागी हुने लक्ष्यसहित मंगलवार राति सिड्नीबाट उडेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टोली चीनको गोन्जाउबाट सम्पर्कमा आयो । ‘अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियान’ नाम दिएको उक्त भ्रमण टोलीका संयोजक खेम शर्माले आफ्नो टिमको पाँच दिने कार्यतालिका सुनाए ।

उनका अनुसार बुधवार मध्यान्नअघि नै काठमाडौं पुगेर उक्त टिम नेपाल पत्रकार महासंघले आयोजना गर्ने एक कार्यक्रममा सामेल हुनेछ । यो टिम र नेपाल पत्रकार महासंघबीच बुधवार नै नेपालका सात प्रदेशका सात जना पर्यटन बिटमा समाचार लेख्ने पत्रकारलाई लेखनवृति प्रदान गर्नेबारे सहमतिमा हस्ताक्षर हुने छ ।