Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

सुदूरपश्चिमका नेताहरू मात्रै समृद्ध भए, जनता भएनन् : मन्त्री बास्कोटा

Tuesday, December 31, 2019 National Power

डोटी-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिमका नेताहरु समृद्ध भएको, तर जनता समृद्ध हुन नसकेको टिप्पणी गरेका छन् । सुदूरपश्चिमका नेताहरु पटक–पटक देशका प्रधानमन्त्री र शक्तिशाली मन्त्री भएपनि आफ्नो क्षेत्रको विकासमा ध्याननदिँदा यो क्षेत्र पछि परेको मन्त्री वास्कोटाको भनाइ छ । ‘नेताले आफ्नो समृद्धि गरे पनि प्रदेशलाई माथि उकास्न सकेनन्’ धनगढीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द चाररचार पटक प्रधानमन्त्री भएपनि विकासका लागि काम गरेनन् ।’

‘एकै प्रदेशले आठ पटक प्रधानमन्त्री हुने अवसर पाउनु सामान्य कुरा होइन, तर सुदूरपश्चिमको लागि के गर्नुभएको छ रु’ उनले भने ‘विकास, मानवीय सूचकांकको आधारमा यो प्रदेश अझै पछाडि नै छ ।’ जनताको पछौटेपनको फाइदा उठाउँदै नेताहरुले आफ्नो मात्रै समृद्धि गरेको मन्त्री बास्कोटाको आरोप छ ।

आफ्नै पार्टीका नेता भीम रावलप्रति लक्षित गर्दै मन्त्री वास्कोटाले ‘आफ्नो जिल्लामा छाउपडी प्रथा हटाउन नसक्ने, अनि ठूला कुरा गर्ने’ भन्दै व्यंग्य गरेका छन् । ‘राष्ट्रिय अन्तराष्ट्रिय विषयमा खरो उत्रिनुभन्दा पहिले चर्चित नेताहरुले आफ्नै प्रदेशको अवस्थाबारे चिन्ता लिनुपर्‍यो,’ नेता रावलको नाम नलिएरै बोस्कोटाले थपे, ‘चर्चित नेताकै जिल्लामा प्रदेशकै कलंकका रुपमा छाउपडी प्रथा छ, यसलाई उन्मुलनका लागि बहस, छलफल चलाउन जरुरी छ ।’

प्रदेशको विकासका लागि जनता पनि जागरुक हुनुपर्ने उनको भनाइ छ ।