Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी

Monday, December 30, 2019 National Power

नवलपुर – नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।

दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिइन् ।