Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

फुलचोकीमा हराएका युवा-युवतीको उद्दार

Sunday, December 29, 2019 National Power

काठमाडौं – फुलचोकीबाट हराएका ५ जनाको सकुशल उद्दार गरिएको छ । बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बाटो भुलेर जंगलमा हराएकाहरुको उद्दार गरेको हो ।

उनीहरुलाई सकुशल फला पारेर फर्काइँदै गरेको प्रहरीले जनाएको छ । बाँडेगाउँबाट प्रहरी निरीक्षक अरुण भट्टराईको नेतृत्वमा ७ जना प्रहरीको टोली उद्दारका लागि गएको थियो ।

फुलचोकी जाने बाटोमा प्रहरीले बाटो खुल्ने गरी बोर्डहरु राखेको छ । तर, पनि त्यसलाई छलेर हिँड्दा घुम्न गएका युवा-युवती बाटो भुलेर हराएका थिए । उनीहरुले बाटो भुलिएपछि लललितपुर प्रहरीलाई खबर गरेका थिए । फुलचोकीमा हिँउ खेल्न पुग्नेहरु हराउने घटना हरेकजसो वर्षमा हुने गरेको छ ।