Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

रोट्रेक्ट क्लबले सम्पन्न गर्‍यो फुटसल प्रतियोगिता

Wednesday, December 25, 2019 National Power

९ , पुस / काभ्रेपलान्चोक – बनेपा रोट्रेक्ट क्लब अफ शिखलापुर र डबली मार्टको संयुक्त रूपमा ओपन डबली फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

अखिल नेपाल फुटबाल संघका संयोजक दावा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने प्रतियोगितामा जम्मा १६ क्लबको सहभागी रहेकोे थियो । पावर एफ.सी क्लबले प्रथम स्थान हासिल गरि नगद पचास हजार सहित मेडल सिल हात पर्न सफल भएको थियो ।

उपबिजेता आर.सी.सी लाई नगद बीस हजार सहित मेडल सिल पुरस्कार रहेको थियो । यस प्रतियोगिता लाई बिभिन्न संघ संस्थाहरु अखिल नेपाल फुटबल संघ , काभ्रे जिल्ला फुटबल संघ , बनेपा मिनी मार्ट , बनेपा स्पोर्ट्स सेन्टर , उमंग साकोस , बामेल सिनेमा , शाक्य बकरी , नेवा किचेनको साथै अरु विभिन्न संघ संस्थाहरुले सहयोग गर्नु भएको थियो ।