Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

सुकुम्बासीलाई जग्गा बाँड्ने अधिकार प्राप्त आयोग बनाउँदै सरकार

Thursday, December 19, 2019 National Power

काठमाडौं –  सर्वोच्च अदालतले १ पुस २०७१ मा सुकुम्बासी समस्या समाधान आयोगको सम्पूर्ण कामकारवाही तत्काल रोक्न निर्देशन दियो । सर्वोच्चका तात्कालीन न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले ‘स्पष्ट कानून बिना नै आयोग गठन गरिनुले प्रश्न चिह्न उब्जेको भन्दै’ आयोगको कामकारबाहीमा रोक लगाएको थियो ।

आयोगले ८ लाख ६१ हजार ३१७ परिवारबाट निवेदन संकलन गरिसकेपछि सर्वोच्च अदालतबाट यस्तो आदेश आएको थियो । सुकुम्बासी आयोगको काममा अदालतबाट कसरी अंकुश लाग्यो भन्ने सानो उदाहरण हो, यो ।

सरकारले अब भने पूर्णअधिकार सहितको आयोग बनाउन लागेको छ । काम गर्न कुनै पनि नीतिगत समस्या नहुने गरी आयोग गठन गर्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतले जानकारी दिएको छ । उक्त स्रोतका अनुसार अबको एक महिनाभित्र आयोग गठन गर्ने तयारी भइरहेको छ ।