Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

गायिका गिता सेन्चुरीको नयाँ गित माझी दाई सार्वजनिक हुदै

Wednesday, December 18, 2019 National Power

नेपाली कलाकारिता क्षेत्रमा पक्कै पनि नयाँ नाम हैन गायक नेत्र भन्डारी र गायिका गिता सेन्चुरी ।हरेक प्रकारका गितहरु गाउने क्षमता भएका गायक भन्डारी र मिठो स्वरकी धनी गायिका सेन्चुरी आवाजमा नयाँ गित माझी दाई रिजन नेपाल यू टुब च्यानल मार्फत यही पौष ४ गते सुक्रबार बाट बजारमा सार्वजनिक हुने भएको छ।

स्याउ लेइदिउ कि केरा,डार्लिङ्ग आइ लभ ,नियती,अमिलो अम्चुर लगायत दर्जनौ सफल गितमा आफ्नो आवाज भरिसकेका गायक भन्डारी र मुलको पानीले, बाटुली,सिरेटो,त भनेर छोड्यो मायाले,नया नयामा लगायत दर्जनौ गितमा आफ्नो आवज भरिसकेकी गायिका सेन्चुरीको आवाजमा सजिएको माझी दाइूको म्युजिक भिडियो निर्माण भै सकेको छ।उक्त गितमा लय ध्रुबराज धितालको रहेको छ भने शव्द प्रदीप अधिकारीको रहेको त्यसै गरी इन्डियन रियालीटी शो का सफल डान्सर भिजु पार्की र बुगी बुगी रियालिटी शो कि बिजेता कबिता नेपालीको जादुमय नृत्य र अभिनयमा रहेको गितमा निर्देशन बिक्रम चौहानको रहेको छ।

अर्जुन तिवारीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादनको जिम्मा मिलन बि कले लिएका छन्।अहिलेको बजार सुहाउदो गित निर्माण भएकोले सफलता प्राप्त गर्ने आशा सम्पुर्ण गितमा आबद्द निर्माण समुहले राखेका छन।