Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

गायिका गिता सेन्चुरीको नयाँ गित माझी दाई सार्वजनिक हुदै

Wednesday, December 18, 2019 National Power

नेपाली कलाकारिता क्षेत्रमा पक्कै पनि नयाँ नाम हैन गायक नेत्र भन्डारी र गायिका गिता सेन्चुरी ।हरेक प्रकारका गितहरु गाउने क्षमता भएका गायक भन्डारी र मिठो स्वरकी धनी गायिका सेन्चुरी आवाजमा नयाँ गित माझी दाई रिजन नेपाल यू टुब च्यानल मार्फत यही पौष ४ गते सुक्रबार बाट बजारमा सार्वजनिक हुने भएको छ।

स्याउ लेइदिउ कि केरा,डार्लिङ्ग आइ लभ ,नियती,अमिलो अम्चुर लगायत दर्जनौ सफल गितमा आफ्नो आवाज भरिसकेका गायक भन्डारी र मुलको पानीले, बाटुली,सिरेटो,त भनेर छोड्यो मायाले,नया नयामा लगायत दर्जनौ गितमा आफ्नो आवज भरिसकेकी गायिका सेन्चुरीको आवाजमा सजिएको माझी दाइूको म्युजिक भिडियो निर्माण भै सकेको छ।उक्त गितमा लय ध्रुबराज धितालको रहेको छ भने शव्द प्रदीप अधिकारीको रहेको त्यसै गरी इन्डियन रियालीटी शो का सफल डान्सर भिजु पार्की र बुगी बुगी रियालिटी शो कि बिजेता कबिता नेपालीको जादुमय नृत्य र अभिनयमा रहेको गितमा निर्देशन बिक्रम चौहानको रहेको छ।

अर्जुन तिवारीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादनको जिम्मा मिलन बि कले लिएका छन्।अहिलेको बजार सुहाउदो गित निर्माण भएकोले सफलता प्राप्त गर्ने आशा सम्पुर्ण गितमा आबद्द निर्माण समुहले राखेका छन।