Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

महिला चलचित्रकर्मी सशत्तीकरण समितिले निर्माण गरेको ‘सल्युट’को प्रेस सो

Saturday, December 14, 2019 National Power

काठमाडौं- चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ । वोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना शुक्रबार भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवीलगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति रहेको थियो ।

फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवम् सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिइन् । ‘यो फिल्म हाम्रो समाजको ऐना हो । फिल्म क्षेत्रमा यसरी महिला सहभागिता बढेको देख्दा अत्यन्तै खुशी छु । यो टिमलाई मेरो सल्युट छ’ उनले भनिन् ।

‘सल्युट’लाई आशुका अर्याल (अस्कर फिल्म कलेज), अम्बिका भण्डारी (नेपाल फिल्म एकेडेमी), मेरोन राजभण्डारी (नेपाल फिल्म एकेडेमीका)ले मिलेर निर्देशन गरेका हुन् । सब्बु सुवेदीको पटकथामा बनेको चलचित्रमा संजिता लामा (एभरेष्ट फिल्म एकेडेमी) र प्रिया राजकर्णिकार (एभरेष्ट फिल्म एकेडेमी) को छायांकन छ । मनीषा धमला (आभाष इन्सिस्चूट)को सम्पादन रहेको चलचित्रको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन् । जया ओझाले स्क्रिप्ट तयार पार्नलाई सब्बुलाई सहयोग गरेका हुन् ।

चलचित्रमा एउटा परिवारको श्रीमान् र श्रीमतिबिच भएको व्यवसायिक द्वन्द्व समावेश छ । कलाकार मोहन चाम्लीङ, शेसुका राई,बसन्त रिजाल, चन्द्रा थापा, थमान सिं पुर्जा पुन, ओमकृष्ण भण्डारी, विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ, आविश्कार रेग्मी, सन्तोष चाम्लीङ, जयकुमार कार्की ढली, सागर रौनियार, अलविन तिरुवा, सुमित्रा पाखरिन, सुस्मिता तामाङले यस चलचित्रमा अभिनय गरेका छन् ।

फिल्म निर्माणको अवधाराणालाई वोर्ड अध्यक्षले सुरुवातदेखि नै साथ दिँदै आएको थियो । समितिको संयोजक शबनम मुखियाले यस अवधाराणाबारे वोर्ड अध्यक्षलाई सुनाएसँगै ‘सल्युट’ निर्माण अघि बढेको हो । यस कथाका परिकल्पनाकार शबनम मुखिया हुन् ।