Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

ओली-प्रचण्ड छलफलपछि मात्र सभामुखको टुंगो, उपसभामुख कांग्रेसले नपाउने

Wednesday, December 11, 2019 National Power

काठमाडौं –  संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते आह्वान भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख चयनका लागि आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारे एक-दुई दिनमै सघन छलफल हुने भएको छ ।

नेकपा स्रोतका अनुसार सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा।शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेको छ । नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको पुष्टि गरे ।

तुम्बाहाम्फेले आफू सभामुख हुने निश्चित भएपछि मात्र राजिनामा दिने बताउँदै आएकी थिइन् । यद्यपि उनले सभामुख र उपसभामुख एकै दलको हुन नहुने संवैधानिक व्यवस्था आफूलाई थाहा भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सबै प्रक्रिया मिलाएपछि निकास दिने बताइन् ।

प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नुअघि नै उपसभामुखले राजिनामा दिने कि सभामुख निर्वाचनको कार्यक्रम बनाएर राजिनामा दिने भन्ने अझै टुंगो लागेको छैन । यद्यपि नेकपा स्रोतले भने पुस ४ गते संसद बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने र त्यसअघि नै उपसभामुखको राजिनामा आउने जनाएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त छ । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी छन् ।