Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

न्यूजिल्याण्डमा ज्वालामुखी विष्फोट, केही सम्पर्कविहीन

Monday, December 9, 2019 National Power


काठमाडौं –  न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् । स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्कविहीन भएको बताएका छन् । उद्धार गरिएकामध्ये अधिकांशको शरीर जलेको छ र कतिपयको अवस्था गम्भीर छ । प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

न्यूजिल्याण्डको उत्तरतर्फ पर्ने ह्वाइट आइल्याण्ड ह्वाकारी भनेर पनि चिनिन्छ । यो देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी भएको क्षेत्र हो । सक्रिय ज्वालामुखी भए पनि यो पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । यहाँ सन् २००१ यता पहिलो पटक ज्वालामुखी विष्फोट भएको हो । ज्वालामुखी विष्फोट हुँदा सो क्षेत्रमा धेरै पर्यटकहरु थिए ।