Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

पाल्पामा टिपर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

Sunday, December 8, 2019 National Power

काठमाडौं – पाल्पामा आइतबार दिउँसो भएको टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मृत्यु हुनेमा प्रदेश नम्बर ३०-१-००-३ क ४४५६ नम्बरको टिपरका सहचालक २३ वर्षीय टेक बहादुर बुढा मगर रहेका छन् ।

पाल्पाको निस्दी गाउँपालिका-३ धार्केसिङस्थित सडकबाट टिपर करिब १ सय २० मिटर तल खस्दा बुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिपर चालक सुर्खेत शिवालय गाउँपालिका-६ बस्ने ३८ वर्षीय दिल बहादुर थापा घाइते भएका छन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कास्कीकझ पोखरा महानगरपालिका-९ पृथ्वीचोक स्याङ्तजा लाईन डाँफे होटल अगाडि ग।१ ख ८३२८ नम्बर बसले आइतबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा आँधिखोला गाउँपालिका-५ बस्ने ५५ वर्षीय राजु नेपाली रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालीलाई ठक्करदिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।