Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

चिनो छोडेर जाने रहर छ भन्छिन् गायिका आचार्य

Friday, December 6, 2019 National Power

गायिका काब्य आचार्यले यो धरतीमा एउटा चिनो छोडेर जाने रहर भएको भाव अभिव्यक्त गरेकी छिन् । उनले देशको इतिहासमा आफ्नो नाम पनि कोर्ने रहर भएको उल्लेख गरेकी छिन् ।

उनले यो भाव एक राष्ट्रिय गीतमा अभिव्यक्त गरेकी हुन् ।  केहीदिन अघि सार्वजनिक भएको गायिका आचार्यको ‘धर्ति’ बोलको गीतमा उक्त भाव प्रस्तुत गरिएको हो ।  सार्वजनिक राष्ट्रिय भावको उक्त गीत साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रियले लेखेका हुन् । गीतमा दीपक शर्माले संगीत गरेका छन् । गीतमा नरेन्द्र वियोगी संगीत संयोजन सुन्न सकिन्छ ।

स्मृति तिमिल्सिना ‘गूरुआमा’ले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आचार्यको नृत्य समेत देख्न सकिन्छ । उनको साथमा अवालिका तामाङ् लगायतका कलाकारलाई समेत देख्न सकिन्छ । श्यामस्वयत रसाईंलीले अडियो सम्पादन गरेको गीतको म्यूजिक भिडियो भने प्रकाश धमालाले सम्पादन गरेका छन् । गीतमा निर्देशक तिमिल्सिनाकै कोरियोग्राफी रहेको छ ।