Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

पर्यटन बोर्डको सीईओका लागि आवेदन माग

Wednesday, December 4, 2019 National Power

काठमाडौं – पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका सरकारले आवेदन माग गरेको छ । बोर्डको सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले बुधबार सार्वजनिक सूचना निकाल्दै आवेदन माग गरेको छ । बोर्डका सीईओ दिपकराज जोशीको कार्यकाल सकिन लागेकोले नयाँ सीईओका ागि आवेदन माग गरिएको हो । २०७२ पुसमा सीईओ नियुक्त भएका जोशीको आगामी पुस ९ गते ४ वर्षे कार्यकाल पुरा हुँदैछ ।

उपसमितिले आजको मितिबाट २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । सीईओका लागि ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।