Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

भीआईपी बलात्कार आरोपीलाई अस्पतालमै हिरासतको सुविधा

Saturday, November 30, 2019 National Power

बिराटनगर – सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् । ‘कृष्णदासजी महाराज’ भनेर चिनिने बाबाजीको पहुँच प्रहरीका माथिल्ला अधिकारीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, नेता अनि शीतलनिवाससम्मै देखिएको छ विगतदेखि नै ।

राष्ट्रपति र सिंगै प्रदेश सरकारलाई चतरामा बोलाउन र नक्शा पास नगरेको भवन राष्ट्रपतिबाट उदघाटन गराउन सक्ने ल्याकत भएका बाबाजीविरुद्ध बलात्कारको अभियोग दर्ता भएपछि यसबारे स्थलगत रुपमा बुझ्न हामी शुक्रबार चतरास्थित सिद्धबाबाको १२८ कोठे नवनिर्मित आश्रममा पुग्यौं ।

बाबाजीको यो आलिशान आश्रम सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको स्थानीयले बारम्बार गुनासो गर्दै आइरहे पनि सत्ताको आडमा नियम मिच्नेमाथि कुनै कारवाही हुन सकेको छैन । मुख्यमन्त्री शेरधन राईले नै ‘म कृष्णदासजी महाराजबाट प्रभावित भएँ’ भनिसकेपछि उनलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।’
शुक्रबार चतरा पुगेर हामीले सिद्धबाबाको विषयमा उनका सहयोगीहरुसँग केही कुरा सोधखोज गर्‍यौं । आश्रममा साधक र साधिकाहरु भेटिए । जवान महिलाहरुको उपस्थिति पनि बाक्लै देखिन्थ्यो । तर, त्यहाँ कृष्णदासजी महाराज अर्थात् सिद्धबाबा थिएनन्, उनी बिराटनगर पुगिसकेका थिए ।