Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

विलियम्सनले भने :आर्चरसित माफी माग्छु

Tuesday, November 26, 2019 National Power

काठमाडौं – न्यूजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सनले रंगभेदसम्बन्धी विवादलाई लिएर ईंग्ल्यान्डका बलर जोफ्रा आर्चरसित माफी माग्ने भएका छन् । दुई देशबीच माउन्ट माउन्गानुइमा भएको पहिलो टेस्टको अन्तिम दिन आर्चरमाथि न्यूजिल्यान्डका एक समर्थकबाट रंगभेदी टिप्पणी भएको थियो ।

विलियम्सनले आर्चरले सोमबार राति ट्विटरमा लेख्नुभन्दा अगाडिसम्म यो घटनाका बारेमा आफू र आफ्ना टिमका साथीहरु कसैलाई थाहा नभएको बताएका छन् । तैपनि उनी न्यूजिल्याण्डका समर्थकहरुको तर्फबाट माफी माग्न तयार भएका हुन् । न्यूजिल्यान्ड र ईंग्ल्यान्डबीचको दोस्रो टेस्टका दौरान आफूले माफी माग्ने उनले बताए ।

‘म आशा गर्छु कि भविष्यमा यस्तो घटना कहिल्यै हुने छैन । हाम्रो देश आफैंमा जातीय विविधतायुक्त छ । हामी रंगको आधारमा कसैको अपमान गर्दैनौं ।’ न्यूजिल्यान्डको क्रिकेट बोर्डले पनि यस घटनालाई लिएर आर्चरसँग माफी मागिने भन्दै विज्ञप्ति जारी गरेको छ । यस्ता घटनामा शून्य सहनशीलताको नीति लिइएको बोर्डको भनाइ छ ।

न्यूजिल्यान्डविरुद्धको टेस्टमा ईंग्ल्यान्डले लज्जास्पद हार व्यहोरेको थियो । सो म्याचमा आर्चर आउट भएर बाहिरिँदा भीडबाट एकजनाले रंगभेदी टिप्पणी गरेको आर्चरले बताएका छन् ।