Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

‘दोस्ताना २’लाई लिएर उत्साहित जाहन्वी

Tuesday, November 26, 2019 National Power

चलचित्र ‘धडक’ले नायिका जाहन्वी कपुरको करिअर आशातित रुपमा अगाडि बढाउन सकेन । उनीसँगै आएकी अर्की नायिका साराअली खानले बलिउडमा धुम मच्चाइरहेको समयमा जाहन्वीलाई भने करिअर कसरी अगाडि लैजाने भन्ने समस्या छ । उनै, जाहन्वी कपुर करण जोहरको नयाँ चलचित्र ‘दोस्ताना २’मा काम गर्दैछिन् । यो चलचित्रको छायांकन सुरु भएको छ । यो चलचित्रमा उनले नायक कार्तिक आर्यनसँग पर्दा शेयर गर्दैछिन् । ‘दोस्ताना’को सिरिजको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रको कामसँगै जाहन्वी सामाजिक संजालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनी, दैनिकजसो सामाजिक संजालमा तस्वीर शेयर गर्न सिपालु छिन् । उनले, हालै मात्र शेयर गरेको केही तस्वीरले सामाजिक संजाल तताएको छ ।

‘दोस्ताना २’को पहिलो सेड्यूलको छायांकन सकिएपछि यसको टिम खुशीयाली साट्नमा व्यस्त देखिएको थियो ।