Tuesday 21st January 2020

    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै    सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

कालीप्रसाद र सन्तोषको उदास जवानी लोकार्पण

Sunday, November 17, 2019 National Power


काठमाण्डौ – वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो ।

एल्वमको विमोचनमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।वरिष्ठ संगीतकार दीपक जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । ‘अहिलेको समयमा लोभलाग्दो काम भएको छ’, उनले भने, ‘मैले गर्न नसकेको काम भएको छ । मैले पनि यो काम गर्ने सोँच बनाएको छु ।’

वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा गरेका थिए ।

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन् ।

‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै‘’लाई कार्यक्रममा देखाइएको थियो । यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

‘एक्लो उदास जवानी‘’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।

‘मै छोरीलाई गर्भमा नै‘’मा निशा देशारको स्वर रहेको छ । श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।

एल्वममा पाँच वटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।

एल्वममा ‘एक्लो उदास जवानी’, ‘मै छोरीलाई गर्भमा नै‘’, ‘बाँच्दै नबाँचे पनि‘’, ‘मिसिएर दुइटा खोला‘’ र ‘सामुन्नेमा उसलाई देख्दा‘’ राखिएको छ ।एल्वममा समावेश पाँच गीतमध्ये ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै।।’ गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

‘उदास जवानी’ सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो । सन्तोष अहिलेका चल्तीका संगीतकार हुन् । उनले संगीत दिएको पहिलो गीत दामु मर्सिफुलले लेखेको ‘आउँछु भनि निष्ठुरीले भर किन पार्नु’ हो । यो गीत सुरुमा रामकृष्ण ढकालले गाएका थिए । त्यतिबेला राम्रो चलेको यही गीतलाई १० वर्षपछि अन्जु पन्त र शिशिर योगीले पनि गाएका छन् ।

सन्तोष श्रेष्ठलाई संगीतकार भनेर चिनाएको गीत भने ‘तिमीले पराई ठानेपछि‘’ हो । लोकराज अधिकारीले लेखेको र अन्जु पन्तले गाएको यो गीतले सीआरबीटीमा सबैभन्दा बढी डाउनलोड भएको गीतको रेकर्ड राखेको छ ।

सन्तोष श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।

संगीतकार श्रेष्ठ भन्छन्, ‘मेरो सबैभन्दा ठूलो उपलब्धी त दर्शक स्रोताको माया हो, त्यससँगै राष्ट्रकवि र शताब्दी पुरुषसँग काम गर्न पाउनुलाई जीवनको महत्वपूर्ण उपलब्धी ठान्छु ।