Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

विश्व कीर्तिमानी गीतकार डा. डीआर ‘के तन्नेरी, के अधवैशे…’ भन्दै (भिडियोसहित)

Sunday, November 17, 2019 National Power

काठमाडौं – विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘के तन्नेरी, के अधवैशे…’ सार्वजनिक भएको छ । महेश मुखियाको स्वर र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा करन, इना, सुनिल, सिमरोन र दीपेन्द्रलाई फिचरिङ गरिएको छ । अजिता कंडेलको कथा र कन्सेप्ट रहेको डान्सिङ गीतको भिडियोलाई अखिल बास्कोटाले छायाँकन र माधव वेल्वासेले सम्पादन गरेका हुन् ।

हालसम्म १८ एल्बम सार्वजनिक गरेका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गीत लेखेर विभिन्न विधामा १४ विश्व रेकर्ड बनाएका छन् । गीत लेखनसँगसँगै उपन्यास लेखनमा पनि त्यतिकै सक्रिय रहेका उनका दश उपन्यास पाठकमाझ आएक छन् ।