Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

सीमा मिचिएकोबारे शिक्षा मन्त्रीले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण

Sunday, November 17, 2019 National Power

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सीमा मिचिएकोबारे भारतीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले कूटनीतिक प्रयासबाट सीमा विवाद मिलाउने बताइरहेका बेला शिक्षा मन्त्री पोखरेलले भारतीय मानव संशाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशांकलाई भेटेर जारी नयाँ नक्साबारे असन्तुष्टि जनाएका हुन् ।

मन्त्री पोखरेलका स्वकीय सचिव विनोद न्यौपानेले फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समकक्षीसँग नेपाल–भारतबीचको सीमा विवादबारे ध्यानाकर्षण गराएको जानकारी दिए । न्यौपानेका अनुसार, मन्त्री पोखरेलले कूटनीतिक पहलमार्फत सीमा विवाद हल गरेर सम्बन्ध प्रगाढ गराउन भारतीय समकक्षीसँग आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले सीमा समस्या समाधान गर्न गरेको आग्रहमा भारतीय मन्त्रीले के प्रतिक्रिया जनाए भन्नेबारे भने शिक्षा मन्त्रीको सचिवायले केही खुलाएको छैन । भेटमा दुई देशका मन्त्रीबीच गुणस्तरीय शिक्षाको विकासलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।