काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारी व्यक्तिगत गालीगलौचमै उत्रिएको बताएका छन् । बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा उपस्थित भएका उनले कर्मचारीले आफूलाई थुक्छुसम्म भनेको सम्झिए ।
‘दुई जना उपसचिवज्यूहरु आउनुभएको थियो हानौला झैँ गरेर,, तपाईंले खटाएको ठाउँमा खट्नुपर्छ रु के लोकतन्त्र र गणतन्त्र यसैको लागि आएको हो काममा खट्नको लागि रु’ उनले कर्मचारीले आफूलाई भनेको कुरा स्मरण गरे । मन्त्री पण्डितले अगाडि भने ‘उहाँहरुले मलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भन्छु र थुक्छु भन्नुभयो ।’
मन्त्री पण्डितले कर्मचारीमा अनुशासनहीनता बढेको पनि टिप्पणी गरे । कतिपय कर्मचारी विदेश भ्रमणमात्रै गरेर दिन बिताइरहेको पनि उनले बताए । ‘एक वर्षमा पटक पटक गरी एक जना सहसचिव २१० दिन विदेश ट्रेनिङमा गएको रेकर्ड फेला पारेको छु, उसले देशमा कहिले काम ग¥यो होला रु’ मन्त्री पण्डितले भने, ‘त्यस कारणले अहिले पनि समस्या के हो भने अनुशासनलाई टाइट बनाउनुछ, एकातिर प्रोत्साहन दिनु पनि छ । अर्कोतिर काम लिनु पनि छ ।’
कर्मचारीमा आफ्नो व्यक्तिगत कामसमेत कार्यालय समयमा गर्ने प्रवृत्ति रहेको भन्दै पनि मन्त्री पण्डितले बताए । सबै कर्मचारीहरु एकै स्तरका नहुने भन्दै उनले कर्मचारीको योग्यता, क्षमता र विकासका निम्ति प्रोत्साहित गर्दै जानुपर्ने बताए । निजामती कर्मचारी विधेयकमाथि बिहीबार भएको छलफलमा मन्त्री पण्डितले कतिपय दबावहरु गलत किसिमले आउने भन्दै त्यस्तो दबावलाई थेगेरै भए पनि अघि बढ्नु आवश्यक रहेको बताए ।