Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

चलचित्र ‘चिँ मुसी चिँ’ ले पनि निकै सफलता पाएको थियो ; नायक शेखर सुबेदी

Tuesday, November 12, 2019 National Power

काभ्रेपलान्चोक – बनेपा काठमाडौंको जोरपाटीमा जन्मनुभएको मोडल तथा नायक शेखर सुबेदी अभीनय गर्न मोडलिङ गर्ने , गायनमा र यात्रा गर्ने रुचाउने नायक तथा मोडल आज भोलि नै ब्यस्त हुनुहुन्छ । बच्चा बेला देखी नै अभीनयमा रूची राख्ने चर्चित मोडल तथा नायक शेखर सुबेदी नेपाली चलचीत्र “चि मुसी ची” बाट नेकेटिब रोलबाट नेपालि चलचित्रमा डेब्यु गर्नु भएको थियो । उहाँले चलचित्र क्षेत्रमा आउनु भन्दा अगाडि धेरै गित हरूमा मोडलिङ गरिसक्नु भएको थियो । काठमाडौँको जोरपाटीमा बस्दै आउनु भएको सुबेदीले विगत केहि वर्ष देखी मोडलिङ तथा चलचीत्र क्षेत्रमा पहिला अगाडि बढाउनु भएको छ । नायक सुबेदीले मोडलिङमा मिस्टर पोपुलर अफ नेपाल अर्वाड जितेका थिए । मिस्टर पोपुलर अफ नेपाल अर्वाड जिते लगत्तै थुप्रै मुभी, सर्ट मुभी, तथा म्युजीक भिडीयोमा खेल्ने मौका पाएका थिए ।

नायक सुबेदी रगंमचंका कलाकार पनि हुन् । आफ्नो काममा निरन्तरता र लगनशील भएर परीश्रमका साथ लाग्यौ भने सफलता पाउन सकिन्छ उहाँले भन्नुभयो ।नायक सुबेदीले खेलेको चलचित्र ‘चिँ मुसी चिँ’ ले पनि निकै सफलता पाएको थियो । प्रस्तुत छ काभ्रे बाट प्रकाशि नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले नायक तथा मोडल शेखर सुबेदीसँग गरेको छोटो कुराकानी ; 

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म्यूजीक भिडियो, सर्ट मुभी र नयाँ चलचीत्रको छायांकनमा व्यस्त छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिले सम्म चार वटा म्युजिक भिडियोमा अभिनय गरेको छु ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ ?
हजुर मैले खेलेको छु र अहिले सम्म तिन वटा चलचित्रमा अभिनय गरिसकेको छु ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
पहिला काम नहुदा नरमाईलो लाग्थ्यो र असन्तुष्ट हुन्थिए, अहिले सन्तुष्ट छु र बनाउदै छु जति काम पाए पनि भनै न ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
दुवै नै काम हो दुवै सजिलो र रमाईलो लाग्छ ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
ठाँउमा पुग्न पर्छ यो क्षेत्रमा बाँच्न सकिन्छ ।

० कसको प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभयो ?
प्रेरणा दिने कोई थिएनन् आफुलाई नै लाग्यो म यो क्षेत्रको लागी नै बनेको हो भनेर र आफै संघर्ष गरिरहे अनि यस क्षेत्रमा प्रवेश गरेको हु ।

० तपाईंलाई पछि गएर कस्तो नायक थाहा मोडल बन्न मन छ ?
मलाई धेरै चलचित्र खेलेर चर्चित हुनु र नहुनु भन्दा पनि थोरै चलचित्र खेली कलाकारीता देखाएर एउटा राम्रो र परिपक्व कलाकार बन्ने मन छ ।

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
मैले धेरै चर्चा कमाएको गीत गायक सुशील गर्तौला को पहिलो यो मायाू हो जसको प्रकास धितालले निर्देशक गरेका हुन र सोनीका रोकाया को डिजे वालाू भन्ने हो ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
म अहिले अविवाहित हो ।

० तपाईंले आफुलाई लायकको केटि हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
यो टाईपको भनेर कहाँ पाईन्छ र जस्तो भेटिन्छ उसलाई नै स्वीकार गर्ने हो, त्यही पनि मलाई बुझ्ने, माया गर्ने, आमा बुवालाई सम्मान र सहारा दिने टाईपको ठिक लाग्छ ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
कसैले अङ्ग प्रदर्सन गरेर चर्चा हुनु त्यो केवल क्षण भर मात्र हुन्छ पक्कै नै चर्चित चाहि हुन्छन् तर छवि कस्तो पर्छ भन्ने मूख्य कुरा हो , अङ्ग प्रदर्सन पनि कथाले मागेको हुन्छ हुदैन भन्ने हो , एतिकै वाईयात अङ्ग प्रदर्सन गर्नु र चर्चा बटुल्नु ठिक हैन तर कथाले मागेको छ र पुरा गरी चर्चा हुनु त्यो कलाकारीता हो ।

० अन्तमा ?
मलाई दुई शब्द बोल्ने अवसर दिनु भएकोमा धेरै आभार व्यक्त गर्न चाहन्छु र साथै देशको कलाकारिता क्षेत्रलाई माया गर्नु होला भन्न चाहन्छु ।