Friday 15th November 2019

    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने    लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु    कर्मचारीले अन्त खटाए थुक्ने धम्की दिए : मन्त्री पण्डित    सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला    अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

भारतिय नक्साबारे सामाजिक सञ्जालमा विरोध

Thursday, November 7, 2019 National Power


काठमाडौं – नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेको छ । भारतीय नक्साबारे आम जनमानसका साथै सरकारका तर्फबाट पनि विज्ञप्तिमार्फत आपत्ति जनाउने काम भइरहेको छ । र, यो सन्दर्भमा सामाजिक सञ्जालमा ३द्यबअपइााक्ष्लमष्ब, ३न्यद्यबअपक्ष्लमष्ब चलिरहेका छन् । यसैसन्दर्भमा हामीले यहाँ केही ट्विटस् र फेसबुक स्टाटसलाई प्रतिनिधि भनाइका रुपमा प्रस्तु गरेका छौं, जसमा कम्युनिस्ट र कांग्रेसका नेताहरूका साथै बुद्धिजीवीहरूका प्रतिक्रिया समेटिएका छन् ।

भीम रावल– नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनुपर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।

कमल थापा– कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न पीएम नेपालको ध्यान जाओस् ।

डा. रामशरण महत– सुगौली सन्धी अनुसार नेपाल भारतबीचको पश्चिमी सीमाना महाकाली नदी हो जसको बहाव विज्ञहरूका अनुसार लिम्पियाघुराबाट सुरू हुन्छ । तसर्थ सो भूभाग उत्तरपश्चिमी सीमानामा पर्छ भने त्यसको पूर्वतर्फका लिपुलेक र कालापानी नेपाली भूभागमा ।

धनराज गुरूङ– लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो । छातीमा हानेको गोली स्वीकार गर्छु, तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापि स्वीकार्दिनँ । नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भूभाग भारतको नक्शाबाट हटाउन लगाउनुपर्छ ।

डा. भीमार्जुन आचार्य– नेपाल सरकारले भारतको नयाँ नक्सालाई अमान्य छ भनेर मात्र पुग्दैन । तत्काल सच्चाउन पहल गर्नु पर्दछ । यसका लागि सबै राजनीतिक दलहरूको सहयोग आवश्यक छ । भारतीय कार्य अत्यन्त खेदजनक छ । राष्ट्रको सार्वभौमसत्ता सानो वा ठूलो भन्ने हुँदैन । समानताको सिद्धान्तमा आधारित हुन्छ ।

डा. बाबुराम भट्टराई – चरम ‘राष्ट्रवाद’को डंका पिटेर दुई तिहाइ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला रु के त्यो हस्ताक्षर हो रु हात (वा आँत ?) किन काँपेको होला रुअनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो रु इँजार फुस्क्यो है १

डा. युवराज संग्रौला– भारतीय नक्सा अतिक्रमण हो । यसलाई स्वीकार गर्न सकिन्न । यसलाई अन्तराष्ट्रिय कानुनमा प्रोक्सी अतिक्रमण भनिन्छ । राजन भट्टराईजीले अध्यन नगरी भारतले सीमा मिच्यो भन्न मिल्दैन भन्नु भएछ । यो त धेरै बर्ष अगाडिदेखिको विवाद हो । अध्यन कसले गर्ने रु मनहरीका चेपाङ्ग दाइले रु

डा. रामेश कोइराला– नेपाली भूमि जसले मिचे पनि मार्च गर्ने, विज्ञप्ति निकाल्ने वा एक ईञ्च छाड्दैनौँ भन्ने काम चैँ देशभित्र सुनाउनमात्र हो, हाकाहाकी र प्रष्टसंग ‘हाम्रो भूमि फिर्ता गर’ भन्ने हिम्मत सरकारमा हुँदा राष्ट्रवादी न परस्तवादी, कुनै माइका लालसँग छैन । प्रतिपक्षी हालालुलाका त के कुरो गराइ भो र? र, सार्वजनिक खपतका लागि यता विज्ञप्ति निकालेजस्तै भाषाकै भए पनि दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा राम राम मन्त्रीजी भनेर पत्र पठाउँदा कूटनीतिक सम्बन्धै बिग्रिने वा ‘हमे क्या कहा रे रु तुम्हारी यह मजाल नाकाबन्दी लगा दुँ क्या रु’ भन्दै स्वयं मोदी नै लाठो लिएर चैँ आउन्न थिए के ।

ध्रुवहरि अधिकारी– छिमेकीले छापेको नक्सामा नेपाली भूभाग उताको देखाइनु आपत्तिजनक हो, यसबारे नेपालको जनता विरोधमा हुनु सर्वथा स्वाभाविक । तर, परराष्ट्रको भाषाशैली जनस्तरको आक्रोशजस्तो चर्को हुन सक्दैन कूटनीतिका मान्यता, मर्यादा छोड्नु पनि भएन । भोलिका दिनहरूमा गरिने वार्ता, सम्झौतालाई ठाउँ चाहियो नि ।

विमल पोखरेल– नक्साप्रति आपत्ति होइन, समाचार एवं टिप्पणप्रति (परराष्ट्र मन्त्रालयको) ध्यानाकर्षण रै’छ । लुलो कूटनीतिले देशलाई कहीँ लैजाँदैन । भारतले यत्ति पनि बुझ्दैन र भन्या रु कुनै कूटनीतिक पहल छैन । राजदूतलाई बोलाएर सोध्नु छैन । अरु नगरे पनि राजदूतलाई बोलाएर सोध्न त सकिन्छ नि ।