Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

कालापानी समस्या समाधानका लागि कूटनीतिक पहल गर्न विवेकशीलको माग

Wednesday, November 6, 2019 National Power

काठमाडौं – कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधानका लागि भारतसँग कुननीतिक पहल गर्न विवेकशील नेपाली दलले माग गरेको छ ।
भारत सरकारले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएपछि गर्माएको कालापानी मुद्दामा आफ्नो धारणा व्यक्त गर्दै विवेकशीलले समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो । परराष्ट्रस्तरबाट सीमा विवाद सल्ट्याउन दुई देशले प्राविधक तहबाट काम गरिरहेका बेला भारतले नेपाली भूमि नक्सामा राख्नु अनपेक्षित भएको विवकेशीलले बताएको छ ।

यस विषयमा नेपाल सरकारले आफ्नो पक्षका प्रमाणहरु नागरिक समक्ष जारी गरी कूटनीति पहललाई प्राथमिकतामा राख्नुपर्ने विवेकशीलले माग गरेको छ ।