Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

पैसाका लागि सहकर्मीबाटै छोराको अपहरण

Wednesday, November 6, 2019 National Power

वीरगञ्ज – काभ्रेको बनेपाबाट १४ बर्षीय बालकको अपहरण गर्ने व्यक्ति बुवाकै सहकर्मी रहेको तथ्य खुलेको छ । बालकका बुवा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खाल्वाटोला घर भई काभ्रेको बनेपामा बस्दै आएका अम्जद मियाँ धोवीले अपहरणकारी सहकर्मी नै भएको दाबी गरेका हुन् ।

दुई वर्ष पहिलेसँगै काम गरेका पर्साकै फिरोज नाम गरेका युवकले छोराको अपहरण गरेको अम्जदले बताएका हुन् । झण्डै २० वर्षदेखि काठमाडौंमा राज मिस्त्रीको काम गर्दै आएका अम्जदले फिरोजलाई आफूले नै काम गर्न सिकाएको दाबी गरेका छन् । तर प्रहरीले यो समाचार तयार पार्दासम्म फिरोजलाई पक्राउ गरेको छैन । अम्जद र पक्राउ परेका अपहरणकारीको बयान लिन बाँकी रहेकोले यो कुरा पुष्टि भई नसकेको प्रहरी स्रोतले बताएको छ ।

बालक अपहरणमा संलग्न मध्ये एक पोखरिया नगरपालिका वडा नं ६ बस्ने जोख्खु दासको छोरा २० बर्षीय राजकुमार दासलाई प्रहरीले बिहान गोली हानेर नियन्त्रणमा लिएको थियो । फिरौती लिन आएको समयमा वीरगञ्ज–२५ सिर्सिया खाल्वाटोलामै प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको हो ।