Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कृष्णनगर शान्त बन्दै, कर्फ्यू भने कायमै

Friday, November 1, 2019 National Power

काठमाण्डौ- बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बन्दै गएको छ । यद्यपि कर्फ्यू भने अझै पनि कायमै रहेकोछ । कर्फ्यूका बीच लक्ष्मीको मुर्ति गए राति नै शिवनगरस्थित तलाउमा विसर्जन गरिएको छ भनेृ सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी गराएको छ । गत राति करिव २ बजे दुवै पक्षबीच सहमति गरि कडा सुरक्षाका बीच मुर्ति विसर्जन गरिएको हो ।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्ररुप लिँदा प्रहरीको गोली लागी २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशम्सेर जबराले बताए ।

लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको दुई पक्षको विवाद हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालयले विहीबार विहान ११ बजे देखि कर्फ्यू लगाएको थियो । यतिवेला भने अवस्था विस्तारै सामान्य बन्दै गइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेलले जानकारी दिएका छन् । प्रशासन स्थितिलाई हरेर दिउँसो कर्फ्यू हटाउने सम्भावना देखिएको छ ।

यस्ता छन् १२ बुँदे सहमति

प्रहरी प्रमुख राणाका अनुसार १२ बुँदे सहमति भएको छ । सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कारवाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्यू लाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन ले जनाएको छ । दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, प्रदेश सभा सदस्य वीरेन्द्र कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको बताइएको छ ।

साभार फोटो रातोपाटीवाट