Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु

Friday, November 1, 2019 National Power

काठमाडौैं – कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बनेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दीप शमशेर राणाले बताए ।

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुपम लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ । मूर्ति विसर्जन गर्ने क्रमममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।

विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको हो ।