९ , कार्तिक / बनेपा – काभ्रेपलान्चोक अनलाइन मिडिया सन्जाल काभ्रेको आयोजनामा पहिलो पटक शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जनतालाई नै जागरुक बनाउन निरन्तर अगाडी बढाउन जोड दिनुभएको छ । उहाले पत्रकारहरु पूजाकारीताबाट पार्टीकारीता हुँदै अहिले हेडलाइनकारीता भएको बताउनुभयो । मन्त्री बास्कोटाले अनलाइन मिडियासँग दुस्मन नभएको बताउनुभयो । उहाले अनलाइन भनेको इन्टरनेट पत्रकारिता हो, अब देशमा सबै मिडिया डिजिटल हुनुपर्ने बताउनुभयो । तर अनलाइन मिडियामा समस्या भएको दाबी गर्नुभयो ।
कार्यक्रम मन्त्री बास्कोटाले अहिले नेपालमा ६३५ इन्टरनेट चलाऊने गरेको बताउनुभयो । उहाले करिब ४० लाख जनताले ट्वाटर् चलाऊछन भने ९० लाख जनताले फेसबुक चलाऊने कुरा बताउनुभएको छ । अब देशमा छापामाध्यम पत्रकारिताबाट रुपान्तर हुँदै अनलाइन पत्रकारिता तर्फ अगाडी बढ्ने देखीएको बताउनुभयो । मन्त्री बास्कोटाले मिडिया भनेको कहिले पनि अन्योल हुनु हुँदैन भन्ने बताउनुभयो ।
उक्त कार्यक्रम प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, बनेपा नगरपालिकाको नगर-प्रमुख लक्ष्मी बादे, चौरिदेउराली गाउँपालिकाको अध्यक्ष दिननाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्ष मोतिराम तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।