Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जना कारबाहीमा

Wednesday, October 23, 2019 National Power

काठमाण्डौ – नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको लागि भर्ना छनोट प्रक्रिया भैरहेको समयमा अनियमितता गर्ने उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो ।

उनीहरुमध्ये ४ जना सैनिक र २३ जना गैर–सैनिक रहेका छन् । नक्कली परिचयपत्र बनाइ किर्ते गरेको अभियोगमा उत्तर पश्चिम पृतना हेडक्वाटरबाट ३ जना, आर्थिक लेनदेन गरेको अभियोगमा ५ नम्बर बाहिनी अड्डा कैलालीबाट १ जना, नक्कली परीक्षार्थी ९ जना र नक्कली परीक्षार्थी पठाउने ६ जना पक्राउ परेका छन् ।

यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला र ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने ४ जना र अरु ३ वटा भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको अभियोगमा ४ जना गैर सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ । गएको साउन १३ गते सूचना निकालेर नेपाली सेनाले भर्ना छनोट प्रक्रिया सुरु गरेको थियो ।