Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मेरो रगत रगतमा अभिनय जागेको छ ; कलाकार केदार न्यौपाने

Monday, October 21, 2019 National Power

बनेपा – काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका रबिओपि २ मा जन्मनुभएको कलाकार केदार न्यौपाने आज भोलि निकै ब्यस्त हुनुहुन्छ । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि नराख्ने न्यौपाने ठुलो षंघर्स र मेहनत बाट आज एउटा सफल कलाकार बन्नु भएको छ । सानो उमेर बाट नै गित संगीतमा रुचि राख्ने न्यौपानेले चलचित्रमा समेत अभिनय गरिसक्नु भएको छ । भन्नू हुन्छ मेरो रगत रगतमा अभिनय जागेको छ त्यसैले गर्दा आज यहाँ सम्म छु । एउटा सफल कलाकार बन्न धेरै गार्‍हो छ ठुलो मेहनत र षंघर्स बाट नै एउटा सफल कलाकार बन्न सकिन्छ । कलाकारिता क्षेत्र बाट छोटो समयमा नै चर्चाको शिखरमा पुग्नु सफल हुनु भएको छ । कलाकार केदार न्यौपानेले आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । प्रस्तुत छ काभ्रे बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले कलाकार केदार न्यौपानेसँग गरेको छोटो कुराकानी ;

० विजया दशमी पनि सकियो आज भोली के गर्दै हुनु हुन्छ ?
मेरो नयाँ म्युजिक भिडियो बजारमा आउने क्रममा छ । विजया दशमी पनि भर्खरै सकियो र आफ्नो दैनिकी कामहरु पनि चलिरहेका छ्न यसैमा ब्यस्त छु ।

० तपाँईको दशैको कुनै गित थिए ?
हो छ , को आफ्नो बोलको गितमा अभिनय गर्ने मौका पाएको थिए । यो गित निकै चलेको थियो धेरै दर्शक श्रोताले मन पराउनु भएको थियो । यस गित सँगै कति बसौ मायाको पिरैमा पनि अभिनय गर्ने अवसर पाएको थिए

० तपाईंको दर्शक श्रोताले तिहारको कुनै गित हेर्न पाउने छन ?
यसमा मेरो कोसिस जारी छ । आशा गरौं तिहारको एउटा कोसिली दर्शक सामु ल्याउने छ ।

० यस क्षेत्रमा कसरी लाग्नु भयो ?
सानै उमेर देखि मलाई गित संगित एक दम मन पर्ने क्षेत्र हो । मेरो रगत रगतमा कलाकारिता जागेको छ सानो उमेर देखिनै यस क्षेत्रमा लाग्ने सोच थियो । देश समाज र आफ्नो नाम उच्च बनाउनको लागी समाजको एउटा असल कलाकार भएर चिनियोस भन्ने सोचमामा म यस कलाकारिता क्षेत्रमा लागेको हु ।

० कसको प्रेरणा बाट यस क्षेत्रमा प्रवेश गर्नु भयो ?
मेरो बुबा र दाजु पनि पहिला देखिनै कलाकारिता क्षेत्रमा आवद्ध हुनुहुन्छ । उहाँहरुको प्रेरणा बाट म कलाकारीता क्षेत्रमा प्रवेश गरेको हु ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनु हुन्छ ?
यस क्षेत्रमा प्रवेश पश्चात मलाई धेरै भन्दा धेरै दर्शकले चिन्नु भएको छ । त्यसैले म एक दम सन्तुष्ट छु ।

० यस क्षेत्रमा आएको बिकृतीलाई कसरी लिनु भएको छ ?
यस क्षेत्रमा धेरै प्रकारको र धेरै सोच भएका मानिसहरु हुनुहुन्छ । जसले दुख गरेर लगानी गरेर गित संगित बजारमा सार्वजनिक गरेको हुन्छ उनिहरुले गित संगितबाट राम्रो फल नपाउदा अलि गित संगितमा नकारात्मक असर परेको देख्छु । गित संगितमा लाग्न कै लागी मानिसहरु आफ्नो शरिरलाई नङ्गाउन पनि तयार हुन्छन । यसरी गित संगितमा दिन प्रति दिन विकृती आएको छ ।

० यस क्षेत्रबाट बाँच्न सकिदैन भन्छन् नि तपाई के भन्नु हुन्छ ?
यस क्षेत्रबाट बाँच्न सकिन्छ । मन्छेले गित संगितलाई फुर्सदको समयमा समय सदुपयोग गर्ने एउटा पाटोको रुपमा प्रयोग गरिरहेका छ्न । यस्तो सोचलाई परिवर्तन गरी गित संगितमा दिन प्रति दिन लागि परेर गित संगिलाई सबै कुरा सम्झने हो भने बाँच्न पक्कै पनि सकिन्छ ।

० कलाकारिता क्षेत्रमा लागेर कुन कुन संस्थामा कार्यरत हुनु हुन्छ ?
नेपलकै चर्चित एक संस्थाको रुपमा चिनिने राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान काभ्रेको कोषध्यक्ष र काभ्रेलि कलाकार समाजको वरिष्ठ उपाध्यक्ष बाट गित संगितमा आफ्नो कर्तव्य निमारण गर्दै छु।

० तपाँईको अहिले सम्म कति ओटा भिडियो बजारमा छन ?
धेरै गितमा अभिनय गरेको छु । केहि लोक गित केहि चलचित्रहरुमा गरेको छु अहिले सम्म दर्जन भन्दा बढि अभिनय गरेको भिडियो र चलचित्र आएका छन ।

० एउटा कलाकारले अर्को कालाकारको खुट्टा तान्ने प्रवृति छ नि यसलाई कसरी बुझ्नु हुन्छ ?
कलाकार सबै आफ्नो क्षेत्रामा आफै ठुलो र स्वभिमान हुन्छन । तर कोहि कलाकारहरु यस्तो पनि देखेको छु अर्काको डाहा गर्ने र अरुले गरेको राम्रोलाई पनि आलोचना गर्ने र घमण्डि पन देखाउने गर्छन । यस्तो प्रवृतिले चाहि कलाकारहरुमा दोन्द आएको हो ।
० तपाईंको भाबी योजना ?
देश र समाजको समृद्धिको लागि कलाकारिता क्षेत्र बाट समाजमा रहेको बिकृती विसंगतिहरु लाई निरुत्साहित गर्ने सोच छ ।

० अन्तमा ?
एउटा कलाकारले अर्को कलाकारलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने कुरामा सबैले ध्यान दिनु होला । एउटा कलाकारले अर्को कलाकारलाई उसको सिर्जना हेरेर सम्मान गर्ने हो । जसको सिर्जना राम्रो समाजमा सुहाउदो पच्ने खालको छ भने उसलाई सबैले सम्मान र माया गर्नु पर्छ र सिर्जना हेरेर नै एक अर्काले सम्मान गर्नु पर्छ भन्न चाहान्छु । साथै तपाईं लगायत तपाईंको मिडियालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।