Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, ३२ जना पक्राउ

Sunday, October 20, 2019 National Power

काठमाडौं – महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको प्रहरीले जनाएको छ । डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्नेमा १४ महिला र १८ पुरुष रहे काछन्ब ।

अपरेसनका क्रममा टोखा-१०, भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जनाको समूह पनि समातिएको छ । उनीहरुको साथबाट दुई लाख ४ हजार रुपैयाँ बरामद भएको छ ।

टिचिङ हस्पिटल पछाडि कान्ति मार्गमा किराना पसल चलाउने गीता शर्मा पनि पक्राउ परेकी छन् । उनको साथबाट ३२ प्याकेट पटका बरामद भएको जनाइएको छ । विस्तृत अनुसन्धान भइरहेको लम्सालले बताए ।