Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

एनआरएनएको नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

Friday, October 18, 2019 National Power

काठमाडौं – गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।

महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् । महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।

यस्तै २ सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् । कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।

मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध

मध्यपूर्व र अफि्रका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् । महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।

यसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ

यसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ (२१७) विजयी भएका छन् । अन्य २ जना उम्मेदवार पराजित भएका छन् । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) विजयी भए । महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।

अमेरिका क्षेत्रको संयोजकमा त्रिपाठी

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी (१५४) विजयी भएका छन् । उपसंयोजकमा राम सी पोखरेल (१५०) विजयी भए । महिला संयोजकमा उमा कार्की थापा (१४४) विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।

ओेसेनियाको संयोजकमा पाण्डे

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे (१०५) विजयी भएका छन् । उनी ३ मतान्तरले मात्रै विजयी भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् । उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए । महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा आचार्य

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भएका छन् ।

साभार अनलाईन खबर