Friday 15th November 2019

    पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने    लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु    कर्मचारीले अन्त खटाए थुक्ने धम्की दिए : मन्त्री पण्डित    सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला    अमेरिका सपनाले दिएको दुःख : वर्षदिनसम्म अफ्रिकी मुलुकमा बन्धक मलावी प्रहरीद्वारा ६ नेपालीको उद्दार

मकवानपुरमा अन्धाधुन्ध बञ्चरो प्रहार, श्रीमतीको मृत्यु, श्रीमानसहित २ घाइते

Thursday, October 17, 2019 National Power


हेटौंडा – आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका हुन् । पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

पाख्रिनले प्रहार गरेको बञ्चरो मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको प्रहरीले जनाएको छ । पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् । बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।