Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

महरालाई अदालतमा उपस्थित गराइयो

Tuesday, October 15, 2019 National Power

काठमाडौं– बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो । महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।