Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

सभामुखको राजीनामा स्वीकृत, वेबसाइटबाट हटाइयो नाम

Wednesday, October 2, 2019 National Power


काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी अप्ठेरोमा परेका थिए । मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ ।