Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै

Monday, September 16, 2019 National Power

भुबन दुलाल / भक्तपुर

३० , भदौ / बनेपा – काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ ।

विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर कार्की ९नानीराम०ले बताउनुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका १० मा पर्ने सो ठाउँमा २०७३÷७४ मा सूर्यविनायक नगरपालिकाले रु। २० लाख आर्थिक सहयोग उपलब्ध गरिएको सो मन्दिरको लागि स्थानीयस्तरबाट समेत आर्थिक सहयोगमा हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

उहाँका अनुसार कृषि विकास बैंकको क्षेत्रीय निर्देशनालयबाट सामाजिक विकास कोषमार्फत रु एक लाखको सहयोगमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । उहाँका अनुसार नेपाल सरकारबाट समेत रु ४० लाख अनुदानसहित स्थानीय बासिन्दाको सहयोग गरी कूल रु एक करोड ५० लाख लगानी भइसकेको बताउनुभयो ।

पहिला दिनमा दुईरचारजना मात्रै भक्तजन आउने गरेको मन्दिरमा भवन निर्माण कार्यसँगै भक्तजनको आगमन बढ्दै गएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभलक्ष्मी कार्कीले बताउनुभयो । मन्दिरको दक्षिणमा आशापुरेश्वर महादेव, उत्तरमा महाङ्कालेश्वर महादेव र पूर्वमा विकटेश्वर महादेव रहेको सो मन्दिर ११ वटा गजुर राखेर निर्माण गरिएको छ ।

भिङ्गालेश्वर र लटरम्बेश्वर सामुदायिक वनको बीचमा रहेको सो क्षेत्र दुई हेक्टर क्षेत्रफलमा फैलिएको छ । दुबै सामुदायिक वनले धार्मिक पर्यटन विकासका लागि भनेर कार्ययोजनामा नै पारित गरिसकेको अध्यक्ष कार्कीले बताउनुभयो । विगतमा उपत्यकालाई एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहले गडी निर्माण गरेको ठाउँ साँगा संसारीदेवी गडीको रुपमा समेत परिचत रहेको छ ।

काभ्रे जिल्लाको भैंसेसेपाटी बनेपालगायतका स्थान अवलोकन गर्न सकिने सो ठाउँबाट उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । हावापानी र वातावरणको दृष्टिकोणले पनि अति उपयुक्त ठाउँ भएकाले पछिल्लो अवस्थामा भक्तजनको ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी योगेन्द्र बहादुर घलेले बताऊनुभएको छ ।