Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

यौनजन्य अपराध नियन्त्रणमा रेडलाइट एरिया प्रभावकारी हुन्छ कि? – डा. उपाध्याय

Friday, September 13, 2019 National Power

काठमाण्डौ- दिन प्रतिदिन बढ्दै गएको बलात्कारले सिंगो समाजलाई स्तब्ध पार्ने गरेको छ । तीन वर्ष उमेरकी बालिकादेखि पचपन्न वर्षकी वृद्धासमेत बलात्कृत भइरहेका छन् भने सात आठ वर्षका बालकदेखि सत्तरी वर्षीय वृद्धबाट समेत बलात्कार भइरहेको देखिन्छ ।

सञ्चार माध्यमको व्यापक पहुँचले विश्वलाई एकातिर ठूलो उपलब्धि हासिल गराएको छ भने यसको दुरुपयोगबाट समाजमा अनेकौं विकृति–विसंगति बढ्दै गएका छन् । फेसबुक, इमेल, मोबाइलबाट सजिलै सम्पर्क स्थापित गरेर विभिन्न हत्कण्डा अपनाई बलात्कार गर्नेहरु धेरे भेटिन्छन् । यसका साथसाथै तथ्यांकहरुबाट खुलासा भएअनुसार आफन्तबाटै बलात्कृत भएका बालबालिका तथा किशोरीहरुको संख्या बढी छ ।

दैनिक सरदर पाँचजना बलात्कृत हुने गरेको डरलाग्दो तथ्यांक हालै सार्वजनिक भएको छ ।
सुरक्षा निकाय लगायत हजारौं गैरसरकारी संस्थाहरु बलात्कारलाई निरुत्साहित गर्न, नियन्त्रण गर्न, न्यून गर्न लागिपरेका छन् । तर अपेक्षित सकारात्मक परिणाम आउन सकेको छैन । बलात्कारका जति घटना उजागर हुन्छन् त्यसभन्दा बढी विभिन्न कारणवश लुकाइने गरेको कटु यथार्थलाई पनि बेवास्ता गर्न मिल्दैन ।
बलात्कारको यस भयावहतालाई कसरी कम गर्न सकिन्छ रु यो सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने सवाल बन्न पुगेको छ । यस सम्बन्धमा पंक्तिकारले केही सुझाव प्रस्तुत गर्ने जमर्को गरेको छ । यो सुझावमात्र हो यसलाई कुनै किसिमबाट अन्यथा अर्थमा नलिइदिन पंक्तिकारको आग्रह पनि छ ।
पौराणिक कालमा नगरबधूको प्रचलन रहेको हामी पढ्न–सुन्न सक्छौं । यसैलाई निरन्तरता दिंदै आधुनिक समाजका अनेकौं विकसित राष्ट्रहरुले कानुनी मान्यता दिएरै देह व्यापार गर्ने निश्चित क्षेत्र तोकेर रेडलाइट एरियाको नामबाट सञ्चालन गर्न सुरु गरे ।
क्यानाडा, थाइल्यान्ड, जर्मनी, अस्ट्रेलिया, मेक्सीको, अमेरिका, नेदरल्यान्ड जस्ता सम्पन्न राष्ट्रहरुमा सुविधापूर्ण वेश्यालय सञ्चालन गर्न छुट्टै इलाका तोकिएका छन् । अर्कोतिर हाम्रो छिमेकी राष्ट्र भारत र बंगलादेशमा रेडलाइट एरियामा देहव्यापार गर्न अनुमति दिइएको छ । भारतको कोलकातामा सोनागाछी, मुम्बईमा कमाठीपुरा, पुनेमा बुधवार पेथ, इलाहाबादमा मीरगन्ज, दिल्लीमा जीबी रोड, मुजफ्फरपुरमा चतुर्भुजस्थान, नागपुरमा इतवारी र वाराणसीमा शिवदासपुरका वेश्यालयहरु चर्चित छन् ।
अनेक कालखण्डमा समाजका अगुवाहरुले बलात्कार नियन्त्रण तथा यौन तृष्णाका कारण उब्जने विभिन्न सामाजिक अपराध नियन्त्रण एवं न्यून गर्नका लागि आंशिक रुपमा देहव्यापारलाई स्वीकृति दिएको देखिन्छ ।

एक दृष्टिकोणले हेर्दा यो उचित पनि देखिन्छ । लुकीछिपी गर्ने देहव्यापारले समाजमा नै घुसपैठ गरेर जताततै आफ्नो जरो पैmलाउँदै गएकोमा कसैको दुईमत हुन सक्दैन । गरिबी र अशिक्षा तथा विलासी जीवनप्रति बढ्दै गएको आकर्षण एवं मोहले गर्दा हजारौं किशोरी युवती परोक्ष अपरोक्ष देह व्यापारमा संलग्न हुने गरेका छन् । राजधानीमै पटक पटक यस्तो आरोपमा दर्जनौं युवकयुवती प्रहरीद्वारा पक्राउ हुने गरेका छन् ।
त्यसैले घना बस्तीबाट पृथक सीमित क्षेत्रमा देहव्यापारका लागि रेडलाइट एरिया छुट्याई दिंदा सिंगो समाजमा यो विकृति पैmलन नपाउने विश्वास गर्न सकिन्छ । यसबारे पटक पटक बहस पनि हुने गरेको छ । यौन तृष्णा मेटाउने स्थानको अभावमा यौनेच्छाले उग्ररुप लिंदा हुने गरेको बलात्कार तथा यौनजन्य हिंसा तथा जघन्य अपराधहरु रोकथाम गर्न रेडलाइट एरियाको प्रयोग प्रभावकारी हुन सक्छ । तर यस सम्बन्धमा पर्याप्त गृहकार्य तथा सावधानी अपरिहार्य छ ।

लेखक वेश्यावृत्ति समस्या एवं समाधान विषयमा विद्यावारिधिबाट विभूषित हुनुहुन्छ ।