Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मानस राजको हिरो सार्वजनिक ( भिडियो सहित )

Thursday, September 12, 2019 National Power

मानस राज हिरो सार्वजनिक भिडियो सहित

२६ , भदौ / काभ्रेपलान्चोक – बनेपा करिव दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, जसको शीर्षक थियो(भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोड पटक हेरिएको छ । फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नै लोकप्रिय भयो । भिडियामा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्कीसम्मको आकर्षक नृत्यले दर्शकलाई लोभ्याएको थियो ।

पृथक शैलीको पहिलो गीतका कारण नै सांगीतिक क्षेत्रमा स्थापित भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

‘मै हुँ हिरो‘।’ शीर्षकको उक्त गीतमा गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् ।

यसपटक पनि गायक मानस राजले डान्सिङ बिटमै आधारित गीत तयार पारेका छन् । गीतका शब्दले नै हरेक व्यक्तिमा आत्मविश्वास झल्काउँछ, अनि भन्छ( ‘मेरो लागि मैं हुँ हिरो‘।’
प्रस्तुत गीतको म्युजिक भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।

‘यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ, गायक मानस राजको भनाइ छ । गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन् ।

संगीतकार राजश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोमा भने शुभम भुजेलको कोरियोग्रँफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

‘मैं हुँ हिरो’ को कभर भिडियो कन्टेष्ट
यसैबचि गायक मानस राजले ‘मैं हुँ हिरो‘’ गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरेका छन् ।