Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पेट्रोलियम पाइपलाइन उदघाटन : बोतलमा थाप्ने, भण्डारण गृहमा खन्याउने

Tuesday, September 10, 2019 National Power

काठमाडौं – नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको परीक्षणपछि उदघाटन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन गर्ने तय भएको छ । स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उदघाटन मध्याहृन १२ बजे हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सुरुमा दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुन्छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गर्ने छन् ।

तेल पहिल्यै पाइपमा भरेर राखिएको हुनाले स्वीच थिच्नासाथ तेल खस्न थाल्नेछ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले नेपाल आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन् । त्यसलाई निगमका प्रमुखले भण्डारगृहमा खन्याउनेछन् । त्यससँगै पाइपबाट तेल भण्डारगृहमा खन्याइन्छ । यो कामको लागि अमलेखञ्जमा नेपालका अधिकारीहरु भेला भएका छन् ।

उदघाटन सकिएपछि भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट नियमित तेल डिपोमा जम्मा हुन थाल्नेछ ।

उक्त पाइपलाइनको साउन २ गते सफल परीक्षण सम्पन्न भएको थियो । पाइपलाइनमा नेपालतर्फ ३७।२५ र भारततर्फ ३२।६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।