Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

श्रीमान् र घरपरिवारभन्दा पहिले आफैलाई प्रेम गर्नुहोस्

Saturday, September 7, 2019 National Power

महिलाहरु सधैं आफ्नो घर-परिवारको बारेमा मात्र सोच्ने र उनीहरुको रुचिअनुसार काममा आफूलाई व्यस्त राख्छन्, जसका कारण उनीहरुलाई स्वयं आफ्नोलागि कहिल्यै समय हुँदैन । लेखिका जिन्नी डिटजलरको भनाइअनुसार यदि तपाईंको प्रत्येक वर्ष विशेष र राम्रो होस् भन्ने चाहानु हुन्छ भने आफूले आफैंलाई प्रेम गर्नुहोस् । साथै आनन्द प्राप्त गर्न आफूप्रति दयावान बन्नुहोस् । जबसम्म तपाईं चिन्तामुक्त हुने तरीका सिक्नु हुन्न, तबसम्म तपाईं आफूलाई खुशी राख्न त सक्नुहुन्न नै, अरुसँग उदार व्यवहार पनि गर्न सक्नु हुन्न । त्यसैले स्वयंलाई प्रेम गर्नुहोस् र स्वयंलाई असन्तोष तथा पश्चातापबाट मुक्त राख्नुहोस् ।

आफूलाई स्वीकार गर्नुहोस्

जब तपाइर्ं स्वयंसँग विनाशर्त प्रेम गर्नुहुन्छ, त्यो गुणले तपाईंलाई अरुसँग प्रेम गर्ने योग्यतामा पनि वृद्धि गर्छ । भनिन्छ, स्वयंसँग प्रेम गर्नु स्वास लिनु जस्तै हो । तर हामी स्वयं र आफ्नो सपनाबाट आफूलाई अलग बनाउँछौ र दुःखी रहन्छौं । त्यसैले लेखिका जिन्नी डिटजलरले स्वयंसँग जोडिनका लागि केही त्यस्तो व्यवहारिक तरिका बताएकी छिन्, जसमा मिठो खानु, ध्यान गर्नु, आधुनिक कपडा लगाउनु, दान दिने कला र जीवनको उद्देश्य प्राप्त गर्नु आदि छन् ।

१०० दिने नियम

तपाईं स्वयं आफूलाई प्रेमले भरिएको आलिङ्गन दिनुहोस् । स्वयंसँग प्रेम गर्नु भयो भने आजीवन प्रेम प्राप्त हुन्छ । १०० दिनमा १०० तरिकाले प्रेम गर्नु पर्छ । मानिस स्वयंले आफ्नो हेरचाह गर्नु पर्छ । जीवनप्रति लगाव राख्दै आफ्नो भावनाहरुलाई व्यक्त गर्नु पर्छ । तपाईं विभिन्न कुरालाई विभिन्न तरीकाले प्रतिदिन व्यवहारमा ल्याउने गर्नुहोस्, जसले तपाईं स्वयंसँग प्रेम गर्न शुरु गर्न सक्नु हुन्छ । यसको साथै आफ्नो जीवनको उद्देश्य निर्धारण गरेर लक्ष्य प्राप्त गर्न सक्नु हुन्छ ।

पूर्वाग्रह नराख्नुहोस्

जीवनमा पूर्वाग्रहलाई स्थान दिनु हुँदैन । सम्भव भएसम्म क्षमादाता बन्नुहोस् । जीवनमा सुगम यात्राको लागि व्यक्तिले पूर्वाग्रहहरुको अतिरिक्त भारबाट समयअनुसार मुक्त हुनु आवश्यक हुन्छ । आवश्यक परेमात्र व्यक्तिले एक स्थानमा रोकिनु पर्छ । तपाइर्ंको नकारात्मक आचरण, तपाईंको रिस, द्वन्द्व, क्रोध र उदारताको कमीजस्ता कुराहरुले तपाइर्ंलाई राम्रो सम्बन्ध बनाउन रोक्छ । स्वयंको शत्रु हामी स्वयं नै हौं । कठोर आलोचक पनि हामी स्वयं नै हौ । हामीले आफूलाई राम्रो(नराम्रो जस्तो भए पनि स्वीकार गर्नु पर्छ ।

अरुको अधीनमा नचल्नुहोस्

यदि तपाईं सामान्य जीवन बाँच्नुहुन्छ भने पनि मौका मिलेको समयमा पूर्णआनन्द लिन आफूलाई रोक्नु हुँदैन । हामी स्वयं नै सुख र विवादको मुख्य स्रोत हौं । हामी सबै मानव हौं र गल्ति गर्नु मानवीय प्रवृत्ति हो । श्रेष्ठताको लागि अरुको अधीनमा नचल्नुहोस् र स्वयंको बारेमा गलत राय पनि नबनाउनुहोस् । जीवनमा उतार(चढावको कारण स्वयंलाई जीवनको आनन्दमयी क्षणहरुको आनन्द लिनबाट वन्चित गनर््ु हुँदैन ।

स्वयंसँग प्रेम कसरी सम्भव हुन्छ र?

स्वयंसँग प्रेम गर्न कमसेकम ५ मिनेट दैनिक ध्यान गर्नुहोस् । जसले जीवनलाई प्रभावशाली तरीकाले जीउनयोग्य बनाउँछ । ध्यानले स्मरणशक्ति पनि बढ्नुका साथै दुःखसँग लड्न सिकाउँछ, जसले तपाईं आफ्नो आवेशलाई रोक्न सक्नु हुन्छ । ध्यानले तपाईंको मानसिक स्वास्थ्य पनि बढ्ने भएकाले तपाईंले स्वयंसँग प्रेम गर्न थाल्नु हुन्छ ।

पारिवारिक समस्या

तपाईंलाई निरन्तर सम्झाइरहँदा पनि तपाईंले आफ्नो जीवनसाथी, घरको बिल, साँचो र घरको अन्य आवश्यक सामान सही ठाउँमा राख्नु भएन भने समस्या कहिले सकिँदैन र तीनै कुरा तपाइर्ंको तनावको कारण पनि बन्छन् । यस्ता कुराहरुसँग अल्झेर बस्नुभन्दा जुन व्यक्तिसँग आफ्नो सुख-दुःखको साथी भनेर विवाह गर्नु भएको छ ऊसँग आफ्ना चिन्ता, घरको व्यवस्था र निजी आवश्यकताका कुराहरुलाई सहज तरिकाले बताउनु होस् ।

त्यस्तै दाम्पत्य जीवनको महत्वपूर्ण कुरा यौन सम्बन्धमा पनि केही समस्याहरु छन् भने एक-अर्कासँग खुलेर बताउनु पर्छ । दुईमध्ये कोही एकलाई यौनप्रति अभिरुचि नहुनु भनेको दाम्पत्य जीवनमा पूर्णविराम लाग्ने स्थिति पनि आउँछ । यौनसम्बन्ध तपाईंको लागि केवल औपचारिकता मात्र नभइ एउटा आवश्यकता पनि हो । यदि तपाईंको पार्टनर यौनसम्बन्धको लागि इच्छुक छैन भने यसप्रति इच्छा जगाउने धेरै तरीकाहरु छन् । यस्ता तरिकाहरुले दुवैमा यौन इच्छा जागृत भएर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्नु हुन्छ ।

कामकाजी समस्या

हिजोआज अफिसबाट घर फर्केपछि पनि पुरुषहरु घरमा ल्यापटप अथवा मोबाइलमा व्यस्त रहन्छन्, जुन श्रीमतीको रीसको कारण बन्छ । सम्पूर्ण दिन अफिसको काममा व्यस्त रहेर घर फर्केपछिको समय आपसी कुराकानीको लागि हुन्छ । यदि तपाइर्ंको जीवनसाथी ल्यापटप अथवा फोनकलमा व्यस्त हुन्छन् भने आपसी मनमुटाव र बहस गर्नुभन्दा सही समय हेरेर प्रेमपूर्वक आफ्नो पार्टनरलाई सम्झाउनु पर्छ । दाम्पत्य जीवनमा एक-अर्कासँग समय बिताउनु र कुराकानी गर्नु अति नै आवश्यक हुन्छ । यदि सधैं समय मिल्दैन भने हप्ताको एकपटक मात्र भए पनि एक(अर्कासँग भरपुर समय बिताउनु पर्छ । जीवनलाई रसिलो बनाउनको लागि चुम्बनको सार्थकतालाई नकार्न सकिँदैन । यो सम्बन्धमा गरिएको एक सर्वेक्षणको निष्कर्षअनुसार अफिस, बच्चा, बानी र पारिवारिक उत्तरदायित्वका कारण विवाहित युगल दिनमा केवल चार मिनेटमात्र साथ रहन्छ । त्यसैले उनीहरुले चुम्बन अथवा प्रेमवार्तालाई दिएको खण्डमा दाम्पत्य जीवनमा खुशीयाली कायम रहन्छ । यी कुराहरुलाई आत्मसाथ गरेर तपाईं आफूलाई प्रेम गर्न थाल्नुहोस् । जीवन पहिलेभन्दा अधिक सुन्दर पाउनुहुनेछ ।