Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

गाई र कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

Wednesday, September 4, 2019 National Power

काठमाडौं – सुर्खेतमा गाई मरेको र खोटाङमा कुकुर मारेको विरोधमा बुधबार पशु अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले कुकुर, कुकुरको चित्र र जनावरको मुकुण्डोसहित प्रदर्शन गरेका थिए । उनीहरुले दुबै घटनामा संलग्नमाथि कारबाही गर्न पनि माग गरेका छन् । पशु अवोध प्राणी भएकाले उनीहरुप्रति संवेदनशील हुनुपर्ने विषय प्रदर्शनकारीले ब्यानरमा उल्लेख गरेका थिए ।

केही दिनअघि नेपालगञ्जबाट दैलेख लैजाँदै गरेको गाई सुर्खेतमा मृत भेटिएका थिए भने खोटाङको दिक्तेल नगरपालिकामा कुकुरलाई कुटी कुटी मारेर फालिएको भिडियो सार्वजनिक भएको थियो ।